हालसम्म कुनै पनि चिनियाँ नागरिक नेपाली भूकम्पमा हताहती नभएको: चीनको परराष्ट्र मन्त्रालय
2023-11-06 16:51:05cri
Share with:

नोभेम्बर ६ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्दै पत्रकारद्वारा सोधिएका सम्वद्ध प्रश्नको जवाफ दिनुभएको छ।

 

उहाँका अनुसार, नेपालको पश्चिमी भागमा ३ तारिख मध्यरातमा ६.४ रेक्टर स्कलको भूकम्प गएकाले ठूलो धनजनको क्षति भएको खबर पाउँदा साह्रै दु:ख लागेको छ। भूकम्प गएपछि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले तुरून्तै नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउँदै मृतकहरूलाई श्रद्धान्जली प्रकट गर्नुभएको छ। साथै उहाँले मृतकका परिवारजन र घाइतेहरूलाई हार्दिक सान्त्वना व्यक्त गर्नुहुँदै घाइतेहरू छिटै नै निको हुने अभिलाषा पनि प्रकट गर्नुभएको छ। चीनले अनुदान गरेको आपतकालीन सामग्रीहरूलाई लगातार रूपमा नेपाली भूकम्पप्रभावित  क्षेत्रतर्फ पठाइँदै छ।

 

हालसम्म कुनै पनि चिनियाँ नागरिक नेपाली भूकम्पमा हताहती नभएको कुरा पनि प्रवक्ता वाङ वन पिनले जनाउनुभएको छ।