विदेशी पत्रकारहरूका आँखामा सिन्च्याङ
2023-11-06 16:48:59cri
Share with:

 

हाल भियतनामी समाचार एजेन्सी, केन्या राष्ट्रिय रेडियो  कम्पनी, अफगानिस्तानी एसटीआर न्युज टेलिभिजन स्टेशन र लाओसको स्टार टीभी लगायतका सामूहिक मिडिया समूह चीनको सिन्च्याङ पुगेर विदेशी पत्रकारहरूका क्यामराद्वारा नयाँ युगमा सिन्च्याङको ग्रामीण क्षेत्रको विकास र परिवर्तन रेकर्डिङ गरेको छ।  

 

१० दिनसम्म चलेको निरीक्षण र समाचार सङ्कलन अवधिमा विदेशी पत्रकारहरूले किसानका घरबार, खेती-जग्गा, ग्रामीण क्षेत्र र गाउँका व्यवसाय र कारखाना र ई-व्यापारको लाइभ स्टेशन पुगेर वास्तविक रूपमा ग्रामीण क्षेत्रको पुनरूत्थानलाई प्रवर्द्धन गर्नका लागि सिन्च्याङका विभिन्न स्थानले अपनाएका कदम र प्राप्त उपलब्धिहरूको अनुभव गरेका छन्। यस निरीक्षण भ्रमणमार्फत उनीहरूले सिच्याङका ग्रामीण क्षेत्र र किसानहरूको जीवनबारे गहन रूपमा जानकारी लिएका छन्।