चिनियाँ राष्ट्राध्यक्षद्वारा राष्ट्रव्यापी "फङ छ्याउ स्टाइल वर्क मेथड" का प्रतिनिधिहरूसँग भेटघाट
2023-11-06 14:45:35cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले ६ तारिख बिहान जनबृहत सभाभवनमा राष्ट्रिय "फङ छ्याउ  कार्यशैली" का लागि छानिएका प्रतिनिधिहरूसँग हार्दिक भेटघाट गर्नुभयो। राष्ट्राध्यक्ष सीले ती प्रतिनिधिहरुलाई हार्दिक बधाई व्यक्त गर्नुका साथै नयाँ युगमा " फङ छ्याउ अनुभव" लाई राम्रोसँग सदुपयोग गर्न र प्रवर्द्धनमा नयाँ र ठूलो योगदान गर्न आफ्नो प्रयास जारी राख्न प्रोत्साहित गर्नुभयो।

 चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ राष्ट्रिय महाधिवेशनदेखि नै राष्ट्राध्यक्ष सीले नयाँ युगमा " फङ छ्याउ अनुभव " लाई पालना गर्ने र विकास गर्ने सम्बन्धमा महत्वपूर्ण निर्देशनहरू  दिनुभएको छ। चीनका विभिन्न स्थलहरुले यी भावनालाई इमान्दारीपूर्वक लागू गर्दै चिनियाँ शैलीको आधुनिकीकरणको लागि सुरक्षित र स्थिर सामाजिक वातावरण निर्माण र सृजना गर्न प्रयास गरिरहेका छन्।