चीन र युएईद्वारा प्यालेष्टाइन र इजरायलबीच आपतकालीन मानवीय युद्धविरामका लागि अपील
2023-11-07 17:15:47cri
Share with:

चीन र संयुक्त अरब इमिरेट्सको आग्रह बमोजिम संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद्ले नोभेम्बर ७ तारिख सबेरै प्यालेष्टाइन र इजरायलबीचको भिडन्त स्थितिबारे जरूरी छलफल गरेको छ। संयुक्त राष्ट्र संघका लागि चिनियाँ आवासीय प्रतिनिधि चाङ च्युनले सुरक्षा परिषद्को यस महिनाको वर्तमान अध्यक्षको हैसियतले सम्मेलनको अध्यक्षता गर्नुभएको छ।

 

सम्मेलन सम्पन्न भएपछि प्रतिनिधि चाङ च्युनले संयुक्त राष्ट्र संघका लागि संयुक्त अरब इमिरेट्सका प्रतिनिधि न्युसेर्बेइले सँगसँगै पत्रकारसँग कुराकानी गर्नुभएको छ। इजरायलले लगातार रूपमा गाजा क्षेत्रका अस्पताल, शरणार्थी शिविर, स्कूल र संयुक्त राष्ट्र संघका संस्था लगायत विविध निजामति प्रवन्धप्रति उहाँहरूले गम्भीर चिन्ता व्यक्त गर्नुभयो। खतरनाक अवस्थाको सामना गर्दै आपतकालीन गतिविधि अपनाएर फलदायी र कार्यान्वयन गर्नसकिने निर्णय प्रस्तावलाई पारित गर्न उहाँहरूले सुरक्षा परिषद्लाई आग्रह गर्नुभयो।