#अल्पसंख्यक जाति# अन्तर्राष्ट्रिय सम्वाददातासँग सिन्च्याङको ग्रामीण क्षेत्रको घुमघाम-१
2023-11-07 14:29:17CRI
Share with:

“तिनीहरू उत्साहित, हार्दिक र नाचगान गर्न मन पराउँछन्। गीत बजाउँदा उनीहरू खुशीयालीपूर्वक नाचगान गर्न थाल्दछन्। ज्यादै प्रभावित बनाउँछन्।” भियत्नामका एक सम्वाददाताले यसरी भनेका छन्। 

“सिन्च्याङमा मैले व्यवस्थित र सुविधाजनक जीवन हेरेँ। गाउँका बासिन्दाले शान्तिपूर्ण जीवन बिताउँदैछन्।” अफ्गानिस्तानका सम्वाददाताले यसरी भने। 

 “यहाँ किसानहरू आधुनिक उन्नत प्रविधिको प्रयोग गर्ने किसान हुन्।” केन्याका सम्वाददाताले यसरी भने। 

“किसानहरूको आम्दानी धेरै बढेको छ। पर्यावरणीय स्वच्छ पानी तथा हरियो पहाड सुन र चाँदी बनेका छन्।”लाओसका सम्वाददाताले यसरी भने।

हाल भियत्नाम समाचार समिति, केन्या राष्ट्रिय रेडियो कम्पनी, अफ्गानिस्तान एसटीआर न्यूज टेलिभिजन स्टेशन, लाओस स्टार टीभीका सञ्चार माध्यमका प्रतिनिधिहरू सिन्च्याङमा गएर नयाँ युगको सिन्च्याङको ग्रामीण क्षेत्रको विकास तथा परिवर्तनको रेकर्ड गरेका छन्।

 

दश दिने यात्रामा विदेशी सम्वाददाताहरू गाउँलेको घर, खेती, ग्रामीण कारखाना, इ-वाणिज्य प्रत्यक्ष प्रसारण कोठा आदि क्षेत्र गएर सिन्च्याङको ग्रामीण पुनरुत्थानका कदम तथा उपलब्धिको अनुभव गरेका छन्। सिन्च्याङको ग्रामीण क्षेत्र, किसानको जीवनबारे अझै गहिरो जानकारी पाएको र सिन्च्याङमा देखेको दृश्य केही पश्चिमा सञ्चार माध्यमका जानकारीभन्दा पूर्ण रूपमा फरक पाएको उनीहरूले व्यक्त गरेका छन्। 

सिन्च्याङको पायिनकोले स्वायत्त प्रिफेक्चरको र्वोछ्याङ जिल्ला प्रसिद्ध बयर जिल्ला हो। त्यहाँ दश हजार ५०० हेक्टर भन्दा बढी बयर खेती छ। भियत्नाम समाचार समितिका सम्वाददाता ली मान्हछुङले र्वो छ्याङ जिल्लाको लवुसथाङ गाउँको गाउँलेको घरमा बिहान सबेरैदेखि रातिसम्म युगुर काकासँग काम गर्नुभएको छ। उहाँले गाउँमा आधुनिक किसानको जीवन अनुभव गर्नुभएको छ। 

“सिन्च्याङ आउनुअघि यहाँका बासिन्दाको जीवन यति धनी, हरेक परिवारमा ठूलो आवास र हरेक आवास त्यति सफासुग्घर हुने कुराको अनुमान गर्दिंनथेँ।” ली मान्हछुङले भन्नुभयो।

थुरूफान शहरी छ्यकटामु गाउँमा केन्या राष्ट्रिय रेडियो कम्पनीका संवाददाताले अंगुर रोप्ने किसानहरूको घरमा प्रवेश गरेर उनीहरूसँग गफ गर्नुका साथै खेतीपातीको अनुभव हासिल गर्दछन्। सम्वाददाता एवम् सम्पादक एरिक किपकोरिर बियगोनले यसरी बताउनुभयो-

“अंगुर रोप्ने प्रविधिको विकास र यान्त्रिक उत्पादनका कारण स्थानीय किसानहरूको काम झन् झन् सजिलो हुनुका साथै पर्स झन् झन् मोटो बनिरहेको मैले सुनेँ। स्थानीय सरकारले निःशूल्क रूपमा किसानहरूका लागि कृषि प्रविधिको तालिम दिएको छ। यहाँका किसानहरू आधुनिक उन्नत प्रविधिको प्रयोग गर्ने किसान हुन्।”