चिनियाँ राष्ट्राध्यक्ष र दक्षिण अफ्रिकाका उपराष्ट्रपतिबीच भेटघाट
2023-11-07 14:49:12cri
Share with:

नोभेम्बर ६ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत सभाभवनमा दक्षिण अफ्रिकाका उपराष्ट्रपति मासाटाइलसँग भेट गर्नुभयो।सीका अनुसार यो वर्ष चीन र दक्षिण अफ्रिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २५औं वार्षिकोत्सव हो र दुई देशबीचको सम्बन्ध "स्वर्ण युग" मा प्रवेश गरेको छ। चीन-दक्षिण अफ्रिकाको व्यापक रणनीतिक साझेदारीको अर्थलाई निरन्तर समृद्ध बनाउन र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन चीनले दक्षिण अफ्रिकासँग प्रयास गर्दै जान इच्छुक छ।