टाढा नातेदारभन्दा नजीकको छिमेकी राम्रो
2023-11-07 14:41:50cri
Share with:

प्राप्त समाचार अनुसार, पश्चिमी नेपालको जाजरकोटमा ३ तारिख ६.४ स्केलको भूकम्प गयो र स्थानीय समय ५ तारिख दिउँसो १ बजेसम्ममा १५८ जनाको मृत्यु हुनुका साथै अरू सयँ जना घाइते भएका छन्। प्राप्त अर्को समाचार अनुसार, जाजरकोटमा ६ तारिख अर्को ५.८ स्केलको पराकम्पन गएको थियो त्यसबाट केही घाइते भएका छन् भने केही घर क्षतिग्रस्त भएका छन्।

 

नोभेम्बर ४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नेपालमा गएको विनाशकारी भूकम्प सम्बन्धमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना व्यक्त गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो, नेपालको कर्णाली प्रदेशमा विनाशकारी भूकम्प गएबाट ठूलो जन-धनको क्षति भएको सूचना पाइएको छ। म चीन सरकार र चिनियाँ जनताको प्रतिनिधित्व गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतकका पारिवार र घाइतेहरूलाइ हार्दिक समवेदना प्रकट गर्दछु साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। राष्ट्रपति पौडेल र नेपाल सरकारको नेतृत्वमा प्रकोप पीडित सर्वसाधारणले कठिनाइला जितेर घरआवासको पुनर्निर्माण गर्नेमा विश्वास गर्दछु। चीन नेपाललाई आवश्यक विपद् सहयोग गर्न इच्छुक छ। 

 

सोही दिन चीनका प्रधानमन्त्री ली छ्याङ र परराष्ट्रमन्त्री वाङ यीले पनि छुट्टा छुट्टै गरी नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र विदेशमन्त्री नारायाण प्रकाश साउदलाई समवेदना व्यक्त गर्नुभएको छ।

 

यसबाहेक चिनियाँ उद्धार सामग्री पनि पीडित क्षेत्रमा पुग्दैछ। चीनको अन्तर्राष्ट्रिय विकास सहयोग ब्यूरोका अनुसार, चीन सरकारले नेपालला उद्धार सहायताका लागि १.५ करोड चिनियाँ युन बराबरको पतकालीन मानवीय उद्धार सामग्री तयार गरेको छ। नेपालको अत्यावश्यक माग अनुसार चीनको सहायता सामग्रीमा मुख्यतया त्रिपाल, कम्बल आदि पर्छन्। नेपालका लागि चिनियाँ राजदूत छन सुङले जानकारी दिनुभएअनुसार, पहिलो आपतकालीन प्रतिक्रियाको रूपमा रहेका ती चिनियाँ उद्धार सामग्री केही दिनभित्र नेपाल पुग्दैछन् र अरू बढी सामग्री पनि बाटोमै छन्।

 

चीनको उखान छ कि टाढाको नातेदारभन्दा नजीकको छिमेकी राम्रो हुन्छ। चीनले आफ्नो छिमेकीको अवधारणालाई व्याख्या गर्न फेरि एकपटक व्यावहारिक गतिविधि चलाएको छ

 

सन् २०१५ को अप्रिल २५ तारिख नेपालमा ८.१ रेक्टर स्केलको भूकम्प गएको थियो जसबाट ठूलो मानवीय क्षति भएको थियो। भूकम्प गएको भोलिपल्ट चीनको अन्तर्राष्ट्रिय उद्धार टोलीले काठमाण्डौँ पुगेर उद्धार कार्य सुरु गरेको थियो। नेपालमा पुगेकोमध्ये संयुक्त राष्ट्र संघबाट स्वीकृत पहिलो अन्तर्राष्ट्रिय उद्धार टोली चीन बनेको थियो। त्यसपछि चीन सरकारको चिकित्सा टोली, चीनको रेडक्रस अन्तर्राष्ट्रिय उद्धार टोली, चिनियाँ जन मुक्ति सेना मातहत छङतु शाखाको राष्ट्रिय भूकम्प उद्धार टोली र चिकित्सा टोली एकपछि अर्को गरी नेपालमा पुगेका थिए। यसबाहेक दशवटाभन्दा बढी चिनियाँ लोक उद्धार टोलीले पनि धेरै सहयोग गरेका थिए।

 

सन् २०२० को सुरूमा चीनमा कोरोना भाइरस महामारी फैलिएको थियो। नेपालका राष्ट्रपति विद्यादेव भण्डारीले तत्काल घोषणा गरी नेपालले चीन सरकार र चिनियाँ जनतालाई दृढ समर्थन गर्नुभयो। त्यसपछि नेपाल सरकारले वुहानलाई १ लाख मास्क प्रदान गरेको थियो। २२ वर्षीय नेपाली किशोरीले परिवार र साथीसँग मिलेर २.५ लाख वटा मास्क संकलन गरी चीनको हुपैतर्फ पठाएक थिइन्। उनले भनिन्, पाँच वर्षअघि नेपालमा भूकम्प गएपछि चिनियाँ जनताले निःस्वार्थ रूपमा नेपालीलाई सहयोग गरेका थिए। त्यसैले वर्तमान विशेष अवस्थामा चीनलाई पनि सकेसम्म सहयोग गर्नसक्ने मेरो आशा छ।

 

चीन र नेपाल हिमाल र नदीले जोडिएका छन् भने घनिष्ठ सांस्कृतिक सम्बन्ध छ र पुस्तँदेखि मित्रवत छ जुन हजारँ वर्षदेखि अलग हुन नसकेको असल छिमेकीपन हो। सन २०१९ मा राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गरी दुई पक्षीय सम्बन्धलाई विकास तथा समृद्धि उन्मुख युगौँयुगदेखि मैत्रीपूर्ण रणनीतिक सहयोग साझेदारी सम्बन्धसम्म उकास्नुभएको थियो यसरी नै चीन-नेपाल मैत्रीपूर्ण सहयोगको नयाँ पृष्ठ खोलिएको छ। चीन-नेपाल सम्बन्ध छिमेकी सम्बन्धको नमूना बनेको छ साथै मानव भाग्य समुदाय अवधारणा अभ्यासको नमूना पनि बनेको छ।

 

हाल नेपाल सरकारले उद्धारको काम सक्रियताका साथ गरिरहेको छ, चीनको उद्धार सामग्री पनि भूकम्प ग्रस्त क्षेत्र पुग्दैछ। नेपाल जनताले पक्कै नै कठिनला जितेर जीवनको छिटै पुनरूत्थान गर्नसक्ने चीनको विश्वास छ।