२०२३ विश्व इन्टरनेट सम्मेलनको लागि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको भिडियो भाषण
2023-11-08 14:34:50cri
Share with:

नोभेम्बर ८ तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सन् 2023 विश्व इन्टरनेट सम्मेलनको उजेन शिखर सम्मेलनको उद्घाटन समारोहलाई भिडियो भाषण दिनुभएको छ।

 उहाँका अनुसार चीनले विकासलाई प्राथमिकता दिने र थप समावेशी तथा समृद्ध इन्टर्नेट स्पेस निर्माण गर्न पहल गर्नेछ।

 चीनले शान्तिपूर्ण र सुरक्षित इन्टर्नेट स्पेसको निर्माण गर्नका लागि शान्ति र जोखिमको संयुक्त शेयर गर्ने आग्रह पनि गरेको छ।

 चीनले सभ्यताहरूबीच आपसी सिकाइबाट झन बढी समान र समावेशी इन्टर्नेट स्पेस निर्माण गर्नेछ।

 राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार हातमा हात मिलाएर इन्टर्नेट स्पेसमा साझा भविष्य भएको समुदाय निर्माण गर्दै जाने जसबाट इन्टरनेटले विश्वभरका मानिसहरूलाई अझ राम्रो फाइदा पुर्‍याउन र संयुक्त रूपमा मानवजातिको लागि राम्रो भविष्य सिर्जना गर्न सकिनेछ।