भूकम्पपीडितका लागि राहत सामग्री लिएर पोखरा पुगे दुई चिनियाँ विमान
2023-11-08 16:25:14cri
Share with:

 

जाजरकोट भूकम्पका पीडितलाई राहत बोकेर चिनियाँ सेनाका दुई जहाज नेपाल पुगेका छन्। चीनबाट राहत बोकेर चिनियाँ सेनाका दुई कार्गो विमान बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

 

त्यहाँबाट उक्त राहत सामग्री सरकारको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा पुर्‍याउने तयारी छ।

उत्तरी छिमेकी राष्ट्र चीनले दुई चरणमा भूकम्प पीडितका लागि राहत घोषणा गरिसकेको छ।

 

यसअघि प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको चीनले मंगलबार थप २८ करोड बराबरको राहत घोषणा गरेको नेपालखबर अनलाइनले जनाएको छ।

 

यसअघि पहिलो खेपमा राहत सामग्री बोकेका ट्रकहरू सोमबार केरुङ हुँदै नेपालको रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइसकेको छ। राजदूत सोङका अनुसार मंगलबार घोषणा भएको १३ मिलियन आरएमबी अर्थात् नेपाली १ करोड ३३ लाख १० हजार ६० रुपैयाँ सहयोग दिने भएको छ।

 

नेपालका भूकम्पपीडितका लागि रेडक्रस सोसाइटी अफ चाइनाले दिने यो नगद सहयोगलाई चीनले आपत्कालीन नगद सहयोग भनेको छ। जसलाई नेपालका भूकम्पपीडितको राहतमा खर्च गरिने भएको छ।