आयात एक्स्पोबाट के के अवसर प्राप्त गरिने?
2023-11-08 16:54:48cri
Share with:

 

हाल शाङहाईमा भइरहेको छैठौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा अधिकांश सिर्जनशील उत्पादित वस्तुहरूको प्रदर्शनले डिजिटल स्मार्ट र हरित विकास लगायतका अग्र विज्ञान-प्रविधिलाई आगन्तुकसमक्ष देखाएको छ।

 

विश्वमा आयात मुख्य विषय रहेको पहिलो राष्ट्रस्तरीय मेलाको रूपमा रही आयात एक्स्पो सुनौलो मार्का बन्नुका साथै चीनले विभिन्न मुलुक सँगै मिलेर सिर्जनशील निहित शक्तिलाई प्रवर्द्धन गर्ने उत्कृष्ट चौतारो पनि बनिसकेको छ। यसका अतिरिक्त चीनले नवीन विकास रणनीति सफल भएको अनुभवले विदेशी व्यापारीहरूका लागि सिर्जनशील गतिविधिको जग पनि बसालेको छ। 

 

आगामी दिनहरूमा विश्वका झन् झन् बढी व्यवसायहरूले आयात एक्स्पोमार्फत चिनियाँ शैलीको आधुनिकीकरण निर्माणबाट ल्याइने पर्याप्त अवसरको उपभोग गर्नसक्ने छन्।