आयात एक्स्पोद्वारा विश्व अर्थतन्त्रलाई जीवन्त शक्ति
2023-11-08 14:37:04cri
Share with:

चाइना ग्लोबल टेलिभिजन नेटवर्कले हालै गरेको एउटा जनमत अध्ययन अनुसार, ९० प्रतिशत उत्तरदाताले चीनले लगातार ६ वर्षमा अन्तर्राष्ट्रिय यात एक्स्पोको योजनाबाट उच्चस्तरीय खुलापनतर्फ बढ्ने संकेत दिएर हाल डामाडोल विश्व र मन्दीको विश्व अर्थतन्त्रमा विकासको महत्वपूर्ण मौका ल्याएको विचार व्यक्त गरेका छन्।   

आयात एक्स्पोको लोकप्रियताबाट विश्वव्यापी व्यवसायले स्वतन्त्र व्यापार र खुला बजारमा बलियो विश्वास लिएको ८३.६ प्रतिशत विश्वका उत्तरदाताले ठानेका छन्। यसका साथै ८६.८ प्रतिशतका उत्तरदाताको विचारमा, आयात एक्स्पोमा भाग लिने अनिश्चित अन्तर्राष्ट्रिय वातावरणमा व्यवसायले निश्चितता खोज्ने महत्वपूर्ण चौतारो बनेको छ। 

अध्ययनमा विभिन्न मुलुकले व्यापार र लगानीको स्वतन्त्रता र सुविधनलाई अघि बढाउनुपर्ने, खुला र्थिक समुदायको स्थापना गर्नुपर्ने, सहयोग र साझा विजयद्वारा विश्वलाई हितकल्याण पुर्याउनुपर्ने कुरामा ८२.५ प्रतिशत उत्तरदाताले जोड दिएका छन्।