चीन र अस्ट्रेलियाबीचको आइसब्रेकरबाट के कस्तो अनुभव प्राप्त?
2023-11-08 16:53:08cri
Share with:

 

“चीन र अस्ट्रेलिया दुबैले नयाँ अध्याय खोल्ने सहमति गरेका छन्।” “धेरै वर्षसम्म रहँदै आएको तनावपूर्ण सम्बन्धले व्यापारिक विकासमा अवरोध भएपछि यस पटकको भेटघाटबाट दुवै देशको कूटनीतिक सम्बन्धलाई खुकुलो पारिएको छ।” चीन र अस्ट्रेलियाका नेतागणबीच ६ तारिख पैचिङमा सम्पन्न भेटघाटको सन्दर्भमा पश्चिमा मिडियाहरूले उच्च महत्व दिएका छन्।

 

यही नोभेम्बर ६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा चीनको औपचारिक भ्रमणमा रहनुभएका अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी आल्बानिजसँग भेटघाट गर्नुभएको थियो। दुवै देशका नेतागणले भेटघाटको क्रममा भविष्यमा जलवायु परिवर्तन र हरित अर्थतन्त्र लगायतका उदीयमान क्षेत्रको सहकार्यलाई अझ बढावा दिन सहमति जनाउनुभएको थियो।

 

आगामी ५० वर्षमा चीन र अस्ट्रेलियाले युगको प्रवाह बमोजिम शान्तिपूर्ण सहअस्तित्वको आधारमा पारस्परिक समझदारी र विश्वासलाई सबल पार्नुका साथै आपसी हितयुक्त सहकार्यमार्फत साझा विकासलाई साकार तुल्याउँदै जानेछन्।