नयाँ चरणको चीन-अमेरिका आर्थिक व्यापारिक वार्ता शुरू हुने
2023-11-09 16:01:58cri
Share with:

अमेरिकी वित्त मन्त्री जेनेट येलेनको निमन्त्रणामा, नोभेम्बर ८ तारिख, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका सदस्य, चीनका उपप्रधानमन्त्री,चीन-अमेरिका र्थिक व्यापारिक वार्ता संयन्त्र चीन पक्षका नेता ह लिफङले सान फ्रान्सिस्कोमा गएर अमेरिकाको भ्रमण गर्नुभएको छ। 

यो यात्रामा चीन-अमेरिका दुई राष्ट्रानायकले बाली द्वीपको भेटवार्टाबाट जनाउनुभएको सहमतिलाई व्यवहारमा उतारिने छ। बाली द्वीपको भेटवार्तामा, दुई मुलुकका र्थिक टोलीले समाष्टिगत र्थिक नीति, र्थिक व्यापारिक समस्याबारे वार्तामार्फत समन्वय गर्ने कुरामा दुई मुलुकका राष्ट्रानायकले स्वीकार गर्नुभएको थियो। 

यस वर्षको सेप्टेम्बरमा, चीन र अमेरिकाले निश्चित गरेर बेग्लाबेग्लै रूपमा आर्थिक क्षेत्रको कार्यरत टोलीको स्थापना गरेका छन्। आधा महिना अगाडि चीन र अमेरिकाका आर्थिक कार्य टोलीको पहिलो बैठकको आयोजना गरिसकेका छन्।

यस पटकको भ्रमण चीन-अमेरिका आर्थिक क्षेत्रको सहयोगलाई सबल पार्न हितकर हुने छ।