२ विमानबाट चीनको मित्रता प्रेषित
2023-11-09 16:03:32CRI
Share with:

नोभेम्बर ८ तारिख बिहान सबेरै चिनियाँ वायु सेनाले जरूरी रूपमा २ वटा विमानद्वारा नेपाललाई सहायता पठाएको छ। चीन सरकारबाट पठाइएको यो सहायतामा ६०० पाल र ४६०० कम्बललगायत सामग्री छन्। ८ तारिख बिहान यो आपतकालीन मानवीय सहायता पोखरा विमानस्थलमा नेपाललाई हस्तान्तरण गरिएको छ।

हस्तान्तरण समारोहमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकारको प्रतिनिधित्व गरेर चीन सरकार तथा जनतालाई धन्यावद ज्ञापन गर्नुभएको छ। यो सहायता सामग्री नेपाली साथीहरूलाई सहयोग गर्नसक्ने आशा गर्छु।