शाङहाईमा “पानी गाउँ”को रमणीय दृश्यको अवलोकन
2023-11-10 16:50:23cri
Share with:

 

छैठौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको संयोजन शहरको रूपमा रही शाङहाईको ठूलो अन्तर्राष्ट्रिय शहरको समृद्ध, आधुनिक र उच्च कार्यकुशल हुने विशेषता हुनुका साथै आनन्ददायी, परम्परागत र सुमधुर भावना पनि शाङहाईले बोकेको देखिन्छ। शाङहाई शहरको कछाड क्षेत्रमा एउटा हमु गाउँ अवस्थित छ। त्यहीँ पुगेर मानिसहरु सानो पूल, बग्ने पानी र घरबार मिसिएको दक्षिणी चीनको परम्परागत जीवन शैलीको अनुभव गर्नसक्छन्।

 

उक्त हमु गाउँ वरपर स्यु चिङ खोला बग्दछ। खोलाको किनारमा नयाँ सार्वजनिक क्षेत्रको स्थापना गरिएको छ। जन्मथलो फर्केर सिर्जनशील कार्य चलाउने युवकहरू र अरू ठाउँबाट आएका लगानीकर्ताहरूले त्यसै क्षेत्रमा होम्स्टे, पुस्तक पसल, कफी बार र चिया पसल आदि पनि खोलेका छन्। त्यसैगरी हमु गाउँ शाङहाई ग्रामीण क्षेत्रको पुनरूत्थान हुने नमुनात्मक गाउँ पनि बनिसकेको छ।