सी चिनफिङद्वारा पैचिङ र ह पैको प्रकोपपछिको पुन:निर्माण कार्यको निरीक्षण
2023-11-10 19:47:13cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले १० तारिख पैचिङ र ह पैमा प्रकोपपछिको पुन:निर्माण कार्यको निरीक्षण गर्नुभएको छ। त्यस क्रममा उहाँले विभिन्न तहका पार्टी समिति, सरकार र सम्बद्ध पक्षहरूले केन्द्रीय समितिको निर्णय प्रस्तावलाई निष्ठापूर्वक व्यवहारमा उतार्नुका साथै जोडतोडसँग प्रकोपपछिको पुन:निर्माणलाई सबल पारी आनन्ददायी रूपमा जीवन बिताउन र न्यानो हिउँद ऋतु पार गर्न जनतालाई सुनिश्चितता दिलापनुपर्ने कुरामा जोड दिनुभएको छ।

 

सधैं नै जनतालाई प्राथमिकतामा राख्दै बाढी प्रतिरोधात्मक परियोजना प्रणाली र आपतकालीन व्यवस्थापन प्रणालीलाई पूर्णता दिलाएर निरन्तर रूपमा प्रकोप निवारण र उद्धार क्षमतालाई उकास्दै जाने निर्देशन पनि उहाँले दिनुभएको छ।