भरतपुर महानगर र सिगात्से शहरबीच भगिनी सम्बन्ध कायम
2023-11-10 16:35:37cri
Share with:

 

भरतपुर महानगरपालिका र चीनको सिगात्से शहरका बीचमा भागिनी सम्बन्ध कायम भएको छ।

बिहीवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र चीनको स्वशासित क्षेत्र सिगात्से शहरका मेयर लिउ स्वाचुङ्गबीच दुई शहरका बीचमा भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो।

 

समझदारी पत्रमा दुई शहरका बीचमा पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुवै पक्षले मैत्रीपूर्ण रुपमा सहयोग आदानप्रदान गर्ने उल्लेख रहेको अनलाइनखबरले जनाएको छ।

त्यस्तै, साझा समृद्धि र विकासलाई प्रवर्द्धन गर्न दुवै पक्षले अर्थतन्त्र, संस्कृति, कृषि, पशुपालन र पर्यटन लगायतका क्षेत्रमा विभिन्न सहयोग आदानप्रदान गरिने समझदारी भएको छ ।

 

समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सिगात्से शहरहरु भगिनी सम्बन्ध राख्न पाएको भन्दै खुशी व्यक्त गरिन् ।

 

सो भगिनी सम्बन्ध पाँच वर्षको लागि मान्य हुने छ । समझदारी पत्रको वैधता अवधि समाप्त भएपछि कुनै पक्षले असहमति नजनाए भगिनी सम्बन्ध स्वतः कायम रहने छ।