२०२३ विश्व इन्टरनेट सम्मेलनको वु चन शिखर सम्मेलन सम्पन्न
2023-11-10 14:57:38cri
Share with:

नोभेम्बर १० तारिख बिहान २०२३ विश्व इन्टरनेट सम्मेलन वु चन शिखर सम्मेलनले सबै एजेन्डाहरू पूरा गरी सफलतापूर्वक सम्पन्न भयो।

 सम्मेलनका क्रममा इन्टरनेट एक्स्पो, लाइट एक्स्पो वैज्ञानिक तथा उत्कृष्ट प्राविधिक उपलब्धिहरूको सार्वजनिकीकरण जस्ता गतिविधिहरू आयोजना गरिएको थियो। अनि इन्टरनेट विकासका महत्वपूर्ण उपलब्धिहरू प्रदर्शन गर्न विश्व इन्टरनेट सम्मेलन नीलो पत्र सार्वजनिक गरिएको छ।

 यस सम्मेलनमा अनलाइन सञ्चार र सभ्यता आदानप्रदान तथा पारस्परिक शिक्षा, कृत्रिम बुद्धिमत्ता, ई-वाणिज्य, विश्वव्यापी विकास पहलहरू र नाबालिगहरूको अनलाइन सुरक्षा जस्ता विषयहरूमा २० शाखा-मञ्चहरू आयोजित भएका थिए।

 १२६ देश र क्षेत्रहरूबाट १८०० भन्दा बढी अतिथिहरू अनलाइन र अफलाइनमा उपस्थित थिए। संसारभरका विभिन्न क्षेत्रका प्रतिनिधिहरूले साझा अभिरुची समस्याबारेमा आदानप्रदान गर्नुका साथै आपसी सहमति बढाएका छन्।