उ चनको १० वर्ष
2023-11-10 16:47:12cri
Share with:

 

नोभेम्बर ८ देखि १० तारिखसम्म सन् २०२३ विश्व इन्टरनेट सम्मेलन उ चन शिखर सम्मेलन चीनको चच्याङ प्रान्तको उ चनमा सम्पन्न भएको छ। चालु वर्ष उ चन शिखर सम्मेलन आयोजना गरिएको दशौँ वार्षिकोत्सव हो। विश्वका विभिन्न स्थानका विज्ञान-प्रविधि श्रेष्ठ व्यक्तिहरूले पुन:एकपल्ट “पानी गाउँ”को यात्राको शुभारम्भ गर्दै इन्टरनेटतर्फ विकसित हुने उ चनको विशेष छबिको अवलोकन गरेका छन्।

 

उ चन शिखर सम्मेलन आयोजना गरिएको १० वर्षको सिलसिलामा हजारौँ वर्षको इतिहास बोकेको प्राचीन गाउँबस्ती उ चनले नेटवर्क स्पेस सम्बन्धी भाग्यको एकरूपता भन्ने विचारधारा क्रमश: विस्तृत मतैक्यताको रूपमा परिणत हुँदाको स्थितिको पनि साक्षी बसेको छ।