केकमा आइसक्रिम थप्नुका साथै हिउँमा पनि चारकोल पठाउने
2023-11-10 08:54:04cri
Share with:

नोभेम्बर ८ तारिख बिहान सबेरै चिनियाँ वायु सेनाका २ वटा सामानवाहक जहाज आपतकालीन रूपमा छङ तु शहरबाट प्रस्थान गर्यो। यी २ वटा विमानमा नेपाललाई पठाएका ६०० पाल र ४६०० कम्बललगायत सहायता सामग्री छन्। ५० लाख चिनियाँ युआनको यो आपतकालीन मानवीय सहायता सामग्रीबाहेक चीनले नेपालको चाहनाअनुसार प्रकोपपछि पुनर्निर्माणमा निरन्तर सहायता गर्नेछ। 

केही दिनअघि नेपालको पश्चिम क्षेत्रमा विनाशकारी भूकम्प गएको छ। जसबाट ठूलो जन-धनको क्षति भएको छ। नेपालको प्रकोपले चिनियाँ जनताको ध्यानाकर्षण गरेको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङले पहिलो समयमा नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई छुट्टा-छुट्टैरूपमा समवेदेना सन्देश पठाएर मृतकप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्नुका साथै मृतकका परिवार र घाइतेहरूलाई हार्दिक सान्त्वना व्यक्त गर्नुभएको थियो। उहाँहरूले नेपाललाई प्रकोपको उद्धार गर्ने सहायता दिने इच्छा व्यक्त गर्नुभएको थियो। त्यसैगरी चीनको सहायता सामग्री ज्यादै छिटै समयमा तयार गरेर ८ तारिख विहान पोखरा विमानस्थलमा पठाइएको छ। 

सहायता समग्रीको हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत छन सोङले यसरी भन्नुभयो, चीन र नेपालको सम्बन्धको लामो इतिहासमा कठिनाइमा आपसलाई सहयोग दिएर संयुक्त रूपमा समस्याको समाधान गर्नु दुइ देशबीच रणनीतिक सहयोग साझेदारी सम्बन्धको चम्किलो कोषेढुंगा भइसकेको छ। वास्तवमा चीन र नेपालले आपसलाई सहयोग गरेको यो पहिलो पटक होइन। 

यसपटक सहायता सामग्रीको ढुवानीले अपरिचित क्षेत्र र पठारभूमिको जटिल वातावरण तथा मौसम परीक्षण पार गर्नुपर्छ। चिनियाँ वायु सेना हु येले यो जिम्मेवारी लिएको बेला यसरी बताउनुभयो, ‘सन् २०२० चीनमा कोभिड-१९ महामारीपछि नेपाल सरकारले पहिलो समयमा वुहानलाई १ लाख मास्क प्रदान गरेको थियो। दुई देशबीच आपसी सहयोगबाट मित्रतालाई गहिरो रूपमा महसुस गर्न सकिन्छ। हामी यो कार्यको सुदृढताका साथ समर्थन गरेर नेपाली जनतालाई समर्थन व्यक्त गर्छु।

सन् २०१५ नेपालमा भयंकर भूकम्प गएकोले चिनियाँ सरकार र लोक संस्थाले पहिलो समयमा नेपाललाई उद्धार गरेका थिए। त्यसपछि नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्माओली र वर्तमान प्रधानमन्त्री प्रचण्डले चीनको भ्रमण गर्नुहुँदा दुवैनेपाल-चीन भाग्य एकरूपताको स्थापना गर्ने चर्चा गर्नुभएको छ। 

चीनमा एउटा उखान छः केकमा आइसक्रिम थप्न त सजिलो छ भने हिउँमा चारकोल पठाउन गाह्रो छ। त्यसैले चीन र नेपाल आपसी केकमा आइसक्रिम थप्ने साझेदार हुनुका साथै हिउँमा चारकोल पठाउने सदिच्छापूर्ण साथी पनि हुन्। संयुक्तबेल्ड एण्ट रोडर मानव भाग्य एकरूपताको स्थापना गर्ने बाटोमा चीन र नेपालले सहयोग र विकास पार्ने, प्रकोपसमक्ष हामी एउटा ढुङगामा चढेर हातमा हात मिलाएर अगाडि सार्छौँ।