फिलाडेल्फिया वाद्यवादन मण्डलले चीनको भ्रमण गरेको ५० औँ स्मरणमा पैचिङमा सङ्गीत समारोह
2023-11-11 16:52:59cri
Share with:

“आधा शताव्दी पार मित्रता” मुख्य नारा रहेको फिलाडेल्फिया वाद्यवादन मण्डलले चीनको भ्रमण गरेको ५० औँ वार्षिकोत्सव स्मरण सङ्गीत समारोह नोभेम्बर १० तारिख पैचिङमा आयोजना गरिएको छ।

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका सदस्य एवम् केन्द्रीय समितिको प्रचार प्रसार विभागका प्रमुख ली शु लैले समारोहमा सहभागी हुँदै राष्ट्राध्यक्ष सी चिनफिङले फिलाडेल्फिया वाद्यवादन मण्डलका गभर्नर एवम् सीईओ माटियास टार्नोपोल्स्कीलाई दिनुभएको जवाफी पत्र सुनाउनुका साथै सम्बोधन पनि गर्नुभएको छ।