पर्यटकले गर्दा राजस्वमा वृद्धि
2023-11-11 16:37:35cri
Share with:

मुगुको रारा ताल घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटक बढेपछि राजश्व संकलनमा वृद्धि भएको छ । रारा ताल, र रारा रष्ट्रिय निकुञ्जमा रहेका वनस्पति, विश्वमा रहेको दुलभ जातको असला माछा, भ्यागुता, धार्मिक तथा सांस्कृतिक मठ मन्दिर, देवल, चारैतर्फ धुपि सल्ला, बनजंगलको निलो रंगले पर्यटक आकर्षित हुने गरेका छन् ।

 

पछिल्लो समयमा देशका विभिन्न पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकको संख्या बढेसँगै मुगुको रारामा पनी पर्यटक बढेका हुन् । साउनदेखि कात्तिक १५ सम्म रारा घुम्न आउने आन्तरिक पर्यटक तीन हजार २००, सार्क मुलुकका २७ र अन्य विदेशी नागरिक ७६ जना गरी ३ हजार ४०० सयभन्दा बढी पर्यटक रारा आएका छन् ।

नेपाली पर्यटकबाट प्रति व्यक्ति एक सय रुपैयाँ, सार्क मुलुकका पर्यटकबाट प्रति व्यक्ति १ हजार ५०० र बिदेशी पर्यटकबाट प्रति व्यक्ति ३ हजार रुपैयाँका दरले मूल्य अभिवृद्धि करसहित नौ लाख ३४ हजारभन्दा बढी राजश्व संकलन भएको रारा राष्ट्रिय कार्यालय हुटु मुगुका नि.वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले बताउनुभयो।

रारामा नेपालगन्जबाट गाडी जिपले दुई दिनमा, रारा ताल्च बिमान स्थालसम्म हवाई जहाजबाट ४५ मिनेटमा र ताल्चा विमानस्थालबाट रारा तालसम्म १ घण्टामा पुग्न सकिन्छ । रारा ताल समुन्द्र सतहदेखि दुई हजार ९०० मिटरको उचाइमा रहेको छ । तालको लम्वाइ ५.१ किमी, चौडाइ २.७ किमि र १६७ मिटर गहिराइ रहेको छ ।

रारा तालको छेउमा रहेको समुन्द्र सतहदेखि ३ हजार ६ सय ३० तिस मिटरको उचाइमा रहेको मुर्माटप पनि रारा घुम्न आउनेहरु पुग्ने गर्छन । बाजुरा, जुम्ला, हुम्ला, कालीकोट, अछाम, मुगु र हुम्लामा रहेको चंङखेली, छाँयानाथ, कोहिजि मरका हिमाल मुर्माटपबाट देख्न सकिन्छ। राराबाट २ घण्टा टाठा रहेको चुचेमारा लेकतिर जाँदा कस्तुरी, भालु, बँदेल, रेडपाण्डा, निगाली बाघ जस्ता जनावर पनि देख्न पाइने हुँदा यस क्षेत्रमा पनि पर्यटक आउने गरेको कारोबार अनलाइन लेख्दछ।