राष्ट्राध्यक्ष सी चिनफिङद्वारा प्रकोपपछि ग्रामीण क्षेत्रको पुन:निर्माण कार्यको निरीक्षण
2023-11-11 16:56:41cri
Share with:

 

नोभेम्बर महिनामा चीनको उत्तरी भागको जाडो याम पनि शुरू भयो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १० तारिख ३ महिनाअघि भयङ्कर बाढी प्रकोप पीडित पैचिङ र हपै प्रान्तका ग्रामीण क्षेत्र पुगेर स्थानीय प्रकोपपछिको पुन:निर्माण कार्यको निरीक्षण गर्दै एउटा न्यानो हिउँद ऋतु बिताउन बासिन्दाहरूलाई सुनिश्चितता दिनुभएको छ।

 

कृषि उत्पादन नै प्रकोपपछि पुन:निर्माण गरिने एक महत्वपूर्ण विषय रहेको छ। विभिन्न तहका सरकारले विविध कदम चालेर सक्दो प्रयासमार्फत प्रकोपग्रस्त बासिन्दा, व्यवसाय र व्यापारीहरूलाई सहायता दिनुपर्ने निर्देशन राष्ट्राध्यक्ष सीले दिनुभएको छ।

 

त्यस क्रममा राष्ट्राध्यक्ष सीले पैचिङ र हपै दुई ठाउँका जलाशय प्रबन्ध र बाढी प्रतिरोधात्मक परियोजनाको अवलोकन गर्नुका साथै पैचिङ र हपै क्षेत्रीय बाढी प्रतिरोधात्मक परियोजनाको पूर्ण निर्माणका लागि पनि महत्वपूर्ण बन्दोबस्त मिलाउनुभएको छ।