एशिया प्रशान्त महासागर पार गर्ने बाजा
2023-11-12 19:02:57cri
Share with:

फिलाडेल्फिया वाद्यवादन मण्डलले चीनको भ्रमण गरेको ५० औँ वार्षिकोत्सव स्मृति सङ्गीत समारोह नोभेम्बर १० तारिख चीनको राष्ट्रिय थिएटरमा आयोजना गरिएको छ। सन् १९७३ देखि फिलाडेल्फिया वाद्यवादन मण्डलले चीन र अमेरिका दुवै देश बीचको समझदारी र मित्रतालाई प्रबर्द्धनका लागि महत्वपूर्ण योगदान गर्दै आएको छ।

 

हालै राष्ट्राध्यक्ष सी चिनफिङले सो मण्डलका गभर्नर एवम् सीईओ माटियास टार्नोपोल्स्कीलाई दिनुभएको जवाफी पत्रमा दुई देशका कलाकारहरूले चीन-अमेरिका सांस्कृतिक आदान प्रदान र मित्रताका लागि नयाँ अध्याय खोल्ने अभिलाषा पनि व्यक्त गर्नुभएको छ।