विश्वमा बिच्छेद होइन हातमा हात मिलाउनु नै उत्तम
2023-11-12 17:09:18CRI
Share with:

सन् २०१८ मा अमेरिकाले एकतर्फी रूपबाट चीन लक्षित व्यापार युद्ध चलाएपछि दुई देशबीचको सम्बन्ध बिग्रँदै आएको देखिन्छ। त्यसले नयाँ शीत युद्ध सम्बन्धी अन्तर्राष्ट्रिय समाजको कडा चिन्तालाई उत्पन्न गराएको छ। सिंगापुरको राज्य परिषद्का मानार्थ राजनीतिज्ञ गोह चोक टोङका अनुसार, नराम्रो बिच्छेदले विश्वव्यापी आर्थिक विकास, आपूर्ति-लाइन र खाद्य तथा उर्जा सुरक्षाका लागि नकारात्मक असर ल्याउने सम्भावना छ। त्यसै कारण विश्वका विभिन्न मुलुक बीच हातमा हात मिलाउनु नै ज्यादै आवश्यक रहेको छ।