चीन-नेपालबीच लीच-नाइछ्युङ नाका संचालनमा आएकोप्रति चीनको स्वागत
2023-11-13 18:37:27cri
Share with:

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता माउ निङले चीन र नेपालबीचको मैत्रीपूर्ण सल्लाह र साझा प्रयासमा लीच-नाइछ्युङ नाका नोभेम्बर १३ तारिख मध्यान्ह औपचारिक रूपमा संचालनमा ल्याइएको जानकारी दिनुभएको छ।

 

१३ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माउ निङले उक्त कुरा बताउनुभएको हो। दुई देश नेताबीचको सहमतिको पालना गर्ने महत्वपूर्ण कार्यक्रममध्येको एक हो भन्दै यो नाका चीन र नेपालबीच खोलिएको चौथो यात्रु-कार्गो नाका रहेको पनि उहाँले जानकारी दिनुभयो।

 

चीनले यो नाका सुचारू रूपमा संचालनमा आएप्रति स्वागत गर्नुका साथै त्यसबाट दुई देशबीचको मानव आवत-जावत र व्यापारलाई सुविधा दिएर चीन-नेपाल सीमा क्षेत्रको आर्थिक तथा सामाजिक विकासलाई बढाई दुई देश जनतालाई फाइदा प्रदान गर्न सक्ने विश्वास लिएको पनि प्रवक्ता माउ निङले व्यक्त गर्नुभयो।