चीन-अमेरिका सम्बन्धको स्वस्थ विकासलाई कायम राख्न वस्तुगत कारबाही आवश्यक: लगभग ९० प्रतिशत विश्वव्यापी उत्तरदाताहरू
2023-11-13 15:31:53CRI
Share with:

चाइना मिडिया ग्रूपको सीजीटीएनले हालै विश्वव्यापी अनलाइन सर्वेक्षण सञ्चालन गरेको छ। जसमा चीन-अमेरिका सम्बन्धको स्वस्थ र स्थिर विकासलाई कायम राख्ने मुख्य कार्य दुई देशका नेताबीच बाली टापूमा भएको सहमतिको कार्यान्वयनलाई वस्तुगत रूपमा व्यवहारमा उतार्नुपर्ने भएको टिप्पणी गरेका छन्। दुई देशका नेता बीच बाली टापूमा भएको सहमतिको कार्यान्वयनलाई वस्तुगत रूपमा व्यवहारमा उतार्नुपर्ने विश्वास लगभग ९० प्रतिशत विश्वव्यापी इन्टर्नेट प्रयोगकर्ताहरूले व्यक्त गरेका छन्। गत जुलाईमा गरिएको सर्वेक्षणको नतिजासँगको तुलनामा, यो दृष्टिकोण राख्ने मानिसहरूको अनुपात ४.१ प्रतिशतले बढेको छ।

सो सर्भेक्षणमा ९१.२ प्रतिशतका इन्टर्नेट प्रयोगकर्ताहरूले यसरी विश्वास गरेका छन् कि यदि चीन-अमेरिका सम्बन्ध राम्रोसँग विकास गर्ने हो भने एक आपसमा एक अर्काको सम्मान र समान व्यवहारमा आधारित हुनुपर्छ र एकअर्काको मुख्य चासोको सम्मान गर्नुपर्छ। यो दृष्टिकोण राख्ने उत्तरदाताहरूको अनुपात बितेका चार महिनाअघिको तुलनामा २.१ प्रतिशतले बढेको छ। सोही समयमा, उत्तरदाताहरू मध्येका ९२ प्रतिशतले चीन-अमेरिका सम्बन्ध जिरो-सम खेल नभएको विश्वास गरेका छन्। सीजीटीएनका एक इन्टर्नेटप्रयोगकर्ताले भनेजस्तै: "चीन र अमेरिका बीचको सदिच्छापूर्ण संवादले सम्पूर्ण मानवजातिको लागि फलदायी नतिजा ल्याउने छ।"

उक्त सर्भेक्षण अङ्ग्रेजी, स्पेनिस, फ्रेन्च, अरबेली र रुसी भाषालगायतका पाँच किसिमका भाषाको प्लेटफर्ममा सार्वजनिक गरिएको हो। सार्वजनिक भएको २४ घण्टाभित्र १० हजारभन्दा बढी इन्टर्नेट प्रयोगकर्ताले मतदानमा भाग लिएका थिए। चालू वर्षको फेब्रुअरी, जुलाई र नोभेम्बरमा, सीजीटीएनले चीन-अमेरिका सम्बन्धबारेमा तीन पटक गरी विश्वव्यापी अनलाइन सर्वेक्षण गरेको छ जसमा विश्वव्यापी कुल ७० हजारभन्दा बढी इन्टर्नेटप्रयोगकर्ताहरूले मतदानमा भाग लिएर उनीहरूले आफ्नो विचार व्यक्त गरेका छन्।