चिनियाँ शैलीको आधुनिकीकरण र एशिया-प्रशान्तको समृद्धि तथा स्थिरताबारे विश्वव्यापी छलफल
2023-11-13 16:05:33CRI
Share with:

अमेरिकी राष्ट्रपति बाइडेनको निमन्त्रणमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकामा चीन तथा अमेरिकाका राष्ट्रनायकबीच वार्ता गर्नुका साथै एशिया-प्रशान्त आर्थिक सहयोग संगठनको ३०औँ शिखर सम्मेलनमा भाग लिनुहुनेछ। यसबाट एशिया-प्रशान्तको आर्थिक सहयोगमाथि चीनले उच्च महत्व दिएको प्रष्ट देखिएको छ। वर्तमान विश्वको अर्थतन्त्रसामु विविध अस्थिर तथा अनिश्चित कारक तत्व देखापरेको छ। विभिन्न पक्षले एशिया-प्रशान्तसँग निरन्तर रूपमा इन्जिनको भूमिका खेलेर विश्व अर्थतन्त्रलाई बढाउने आशा गरेका छन्।

 

फिलिपिन्सका पूर्व राष्ट्रपति ग्लोरिया म्याकापागाल एरोयो, सिङ्गापूर राज्य परिषद्का मानार्थ राजनीतिज्ञ गोह चोक टोङ, किर्गिस्तानका पूर्व प्रधानमन्त्री जुमार्ट ओटोरबेभ, संयुक्त राष्ट्र संघका लागि सिङ्गापूरका पूर्व दूत किशोर माहबुबानी, प्राइमाभेरा क्यापिटल ग्रुपका संस्थापक फ्रेड हुले एशिया-प्रशान्तको सहकार्यलाई गहन पार्न र क्षेत्रीय तथा विश्वव्यापी अर्थतन्त्रलाई बढाउन चिनियाँ शैलीको आधुनिकीकरणको महत्वपूर्ण भूमिकाबारे उच्च मूल्याङ्कन गर्नुभएको छ।