एपेक सम्मेलनमा चीनद्वारा ठूलो परिवार भावनाको विस्तार गर्ने विचार धेरै पटक व्यक्त
2023-11-13 16:03:31CRI
Share with:

अमेरिकाका राष्ट्रपति जोन बाइडेनको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नभेम्बर १४ देखि १७ तारिखसम्म अमेरिकाको सान फ्रान्सीस्कोमा आयोजना हुने चीन-अमेरिका राष्ट्रनायक भेटवार्तामा भाग लिनुहुने छ।

साथै राष्ट्राध्यक्ष सीले एशिया-प्रशान्त आर्थिक सहयोग संगठन एपेकको तेह्रौँ नेतागण अनौपचारिक सम्मेलनमा पनि भाग लिनुहुने कार्यक्रम छ।

चीनमा सुधार तथा खुलपान लागुभएपछि एपेक नै चीनले भाग लिएको पहिलो क्षेत्रीय आर्थिक सहयोगात्मक संगठन हो र चीनले आर्थिक विश्वव्यापीकरणको क्रममा गहन रूपमा भाग लिएको एउटा महत्वपूर्ण कोसेढुँगा पनि हो। एपेकमा चीनले पटकपटक गरी ठूलो परिवार भावनाको विस्तार गर्ने कुरा व्यक्त गरेको छ।

सन् २०१३ देखि चीनका सर्वोच्च नेता सी चिनफिङले एपेक सम्मेलनमा भाग लिनुभएको छ वा अध्यक्षता गर्दै महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। उहाँका सम्बोधनमा एशिया प्रशान्त क्षेत्रको सहयोगको प्रवर्द्धन गर्ने, एशिया प्रशान्त क्षेत्रको विकासमा योगदान गर्ने, एशिया प्रशान्त क्षेत्रको मतैक्य हासिल गर्दा चिनियाँ बुद्धि प्रदान गर्ने भन्ने विचार व्यक्त गर्नुभएको छ। जसबाट साझा जीत हुने एशिया प्रशान्त क्षेत्रको संयुक्त भाग्य समुदायको निर्माण गर्ने धारणा अघि बढाइएको छ।

एपेकको ठूलो परिवारमा खुला, सहयोग तथा विकासको महत्वमा जोड दिँदै राष्ट्राध्यक्ष सीले विभिन्न आर्थिक एकाइले हातमा हात मिलाएर एशिया प्रशान्त क्षेत्रको ठूलो जहाजलाई समुद्रमा अघि बढाउन पुष्टि पनि गर्नुभएको छ।

एशिया प्रशान्तबाट चीन लाभान्वित भएको छ भने चीनको विकासबाट पनि एशिया प्रशान्त क्षेत्रमा हित कल्याण सिर्जना गरिएको छ। सन् २०२२ को नोभेम्बर १७ तारिख राष्ट्राध्यक्ष सीले एपेकको उद्योग वाणिज्य नेतागण शिखर सम्मेलनमा सम्बोधन गर्दै भन्नुभएको छः चीनले एशिया प्रशान्त संयुक्त भाग्य समुदायको निर्माणलाई दृढताका साथ अघि बढाउँदै यस क्षेत्रको समृद्धिको लागि अझ बढी योगदान गर्दै जाने छ।

चीनले वस्तुगत व्यवहारमार्फत् एशिया प्रशान्त क्षेत्रमा जग बसाल्दै यस क्षेत्रको निर्माण गरेर हित कल्याण सिर्जना गर्ने दृढ विश्वास र अपरिवर्तित निश्चितता देखाएको छ। साथै चीनको अर्थतन्त्रको स्वस्थ विकासले एशिया प्रशान्त क्षेत्रको विकासकालागि अझ ठूलो मौका प्रदान गर्ने चीनको विश्वास छ।