चीन-अमेरिका नेताबीच दुई देशको सम्बन्धबारे गहिरो वार्ता हुने
2023-11-13 18:39:49cri
Share with:

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता माउ निङले नोभेम्बर १३ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीन-अमेरिका शिखर वार्ताबारे पत्रकारसँग कुराकानी गर्नुभएको छ।

 

उहाँले दुई देशका नेताले चीन-अमेरिका सम्बन्धमा रणनीतिक, समग्र, दिशात्मक विषय र विश्व शान्ति र विकाससम्बन्धी ठूलो विषयबारे गहिरो रूपमा वैचारिक आदान-प्रदान गर्नुहुने जानकारी दिनुभयो। प्रवक्ता माउ निङले राष्ट्राध्यक्ष सी चिनफिङबाट उठाइएको पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र सहयोगी साझा फाइदा हुने तीन सिद्धान्तमा आधारित दुई देश सम्बन्धको सामना गरिरहेको भन्दै ठूला मुलुकबीच प्रतिश्पर्धा वर्तमान प्रवाहसँग नमिलेको साथै अमेरिकाको समस्या तथा विश्व समक्ष देखिने चुनौतिको समाधान गर्न पनि मद्दत नपुग्ने विचार व्यक्त गर्नुभयो।

 

अमेरिकाले नयाँ शित युद्ध त्यागेर चीनसँग द्वन्द्व नगर्ने लगायत बचनको पालना गरी चीन-अमेरिका सम्बन्धलाई स्वस्थ तथा स्थिर विकास बाटोमा पुनःल्याउने आशा चीनले लिएको पनि उहाँले बताउनुभयो।