“शन चौ १७” को अन्तरिक्ष यात्री दल सार्वजनिक
2023-11-13 09:12:55cri
Share with:

 

चिनियाँ अन्तरिक्ष स्टेशन उपयोग र विकासको अवधिमा प्रवेश गरेको छ। अन्तरिक्ष यात्रीहरुले लामो समयसम्म अन्तरिक्ष स्टेशनमा काम गर्ने हुनाले उनीहरुलाई हरेक वर्षमा दुई पटक फेर्ने गरिन्छ। अक्टोबर २५ तारिख चीनको मानवसहित अन्तरिक्ष कार्यालयले “शन चौ १७” नम्बरको मानवसहित उडानको जिम्मा लिने अन्तरिक्ष यात्री दलको नामावली सार्वजनिक गरेको छ। उहाँहरु थाङ होङ पो, थाङ शङ चे र च्याङ सिन लिन हुनुहुन्छ, तीमध्ये थाङ होङ पोलाई उहाँहरुका प्रमुखको पदमा नियुक्त गरिएको छ। चालू वर्ष थ्यान कोङ अन्तरिक्ष स्टेशनमा प्रस्थान गर्ने दोस्रो खेपका अन्तरिक्ष यात्री दलको रुपमा “शन चौ १७” का तीन जना अन्तरिक्ष यात्रीहरुले कस्तो तालिम लिनुभएको छ? उहाँहरुले कस्तो चुनौतीको सामना गर्नुपर्ने छ?

 

स छ्वान भञ्ज्याङ छिङहाई-तिब्बत पठारभूमिको सिमानामा अवस्थित छ, त्यसको आकार भाँडो जस्तै छ, ह सी कोरिडर निकै सांगुरो छ।

 

सन् २०२१ को जुन महिनामा शन चौ १२ नम्बरको अन्तरिक्ष यानका अन्तरिक्ष यात्री दल चिनियाँ अन्तरिक्ष स्टेशनमा तैनाथ गर्ने पहिलो खेपको अन्तरिक्ष यात्री दल बनेको थियो। थाङ होङ पो उहाँहरुमध्येका एक थिए। दुई वर्षपछि उहाँले फेरि अन्तरिक्षमा प्रस्थान गर्नुभएको छ। यसका साथै चिनियाँ अन्तरिक्ष स्टेशनको निर्माणपछि अन्तरिक्ष स्टेशनमा दुई पटक खटाइएको उहाँ पहिलो व्यक्ति बन्नुभएको छ। यस पटकको “शन चौ १७” नम्बरको मानवसहित उडान कार्यबारे चर्चा गर्दै अन्तरिक्ष यात्रीका प्रमुखको रुपमा थाङ होङ पोले यस पटकको जिम्मेवारीले अन्तरिक्ष यात्रीहरुको कठिनाईको सामना गर्ने क्षमतालाई अरु बढी जाँचबुझ गर्ने ठहर गर्नुभएको छ।

 

सम्बन्धित नियमका अनुसार, चिनियाँ अन्तरिक्ष यात्रीहरुलाई छान्ने मापदण्ड “नयाँ र पूराना अन्तरिक्ष यात्री मिसिने, पूराना अन्तरिक्ष यात्रीले नयाँ अन्तरिक्ष यात्रीलाई डोर्‍याउने” हो। यस पटक पनि यस्तै हो। थाङ शङ चे र च्याङ सिन लिन चीनको तेस्रो खेपका उम्मेदवार अन्तरिक्ष यात्रीहरु हुनुहुन्छ। उहाँहरुको जन्म सन् १९८९ र सन् १९८८ मा भएको थियो। उहाँहरु चिनियाँ अन्तरिक्ष स्टेशनका सबैभन्दा कान्छो अन्तरिक्ष यात्रीहरु पनि हुनुहुन्छ। “शन चौ १७”का अन्तरिक्ष यात्रीमा सफलताका साथ छानिएकोमा गौरवान्वित क्षणको सम्झना गर्दै थाङ शङ चे भन्नुहुन्छ,

 

अन्तरिक्ष यात्री छान्ने नतिजा घोषणा गर्दा म गद्गद् भएँ। तर म छिटै शान्त भएँ। यो मेरो लागि एउटा परीक्षा हो। यो जिम्मेवारीका लागि मैले राम्रोसँग तयार गर्नुपर्छ।

यी तीनजना अन्तरिक्ष यात्री सबै विमान चालक भएका हुनाले उहाँहरुको स्वास्थ्य अवस्था राम्रो छ। यस पटकको शन चौ १७ नम्बरको उडान कार्यमा उहाँहरुको व्यक्तिगत जिम्मेवारी भए तापनि अरुसँग बढी सहकार्य गर्नुपर्छ।

 

आफ्नो तालिमको अनुभवबारे चर्चा गर्दै च्याङ सिन लिन मरुभूमिमा लिएको तालिमको आफ्नो मनमा गहिरो छाप परेको बताउनुहुन्छ,

 

मरुभूमिमा तालिम लिँदा बाहिरबाट कुनै पनि आपूर्ति भएको थिएन। हामीले पुनःप्रवेश कक्षमा रहेको आपतकालीन सामग्रीमार्फत उद्धार गरेका थियौँ। तत्काल हामीले बालुवाको आँधीको सामना गरेका थियौँ। नजीकबाट पनि अरुलाई देख्नसकिँदैन थियो। हाम्रो टोली एकदम एकजूट रहेको मलाई लागेको थियो।

 

च्याङ सिन लिन थाङ होङ पो अनुभवी तथा वरिष्ठ अन्तरिक्ष यात्री भएका हुनाले उहाँ आफू र थाङ शङ चेका गुरु भएको भन्नुहुन्छ,

 

थाङ होङ पो मिलनसार हुनुहुन्छ। उहाँले हाम्रा गुरु जस्तै आफ्नो अनुभव हामीलाई बाँड्नुभयो। उहाँले हामीलाई प्रविधि सिकाउनुका साथै काम गर्ने विवेकशीलता पनि हामीलाई सिकाउनुभयो।