पाँचौँ चीन-अमेरिका भगिनी नगर सम्मेलनलाई सी चिनफिङको शुभकामना पत्र
2023-11-13 20:07:42cri
Share with:

नोभेम्बर ३ तारिख पाँचौँ चीन-अमेरिका भगिनी नगर सम्मेलन च्याङसु प्रान्तको सुचौ शहरमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सम्मेलनलाई शुभकामना पत्र पठाउँदै चीन-अमेरिका सम्बन्धको आधार लोक क्षेत्रमा रहेको र शक्तिको स्रोत जनताको मित्रतामा रहेको उल्लेख गर्नुभयो। सहभागीहरूले चीन-अमेरिका सम्बन्धको स्वस्थ र स्थिर विकास बढाउन र दुई देशका जनताको फाइदालाई थप पार्न अझ ठूलो भूमिका निर्वाह गर्ने आशा आफूले लिएको पनि सीले बताउनुभयो।

 

सहभागी विभिन्न क्षेत्रका व्यक्तहरूले चीन-अमेरिका मित्रतालाई योगदान गर्ने विचार व्यक्त गर्नुभयो। थाहा भएअनुसार, चीनका १० भन्दा बढी प्रान्त र शहर तथा अमेरिकाका २२ वटा राज्यका विभिन्न क्षेत्रका प्रतिनिधिहरू उक्त सम्मेलनमा उपस्थित भएर गहिरो रूपमा बैचारिक आदान-प्रदान गरी अनुभव बाँड्ने र सहयोग मिलाउने काम गरेका छन्।