पोखरा अन्तर्राष्ट्रिय विमान स्थल चीन-नेपाल पूर्वाधार क्षेत्रको महत्वपूर्ण सहयोग कार्यक्रममध्येको एक रहेको चीनको परराष्ट्रमन्त्रालयको भनाइ
2023-11-14 19:10:45cri
Share with:

 नोभेम्बर १४ तारिख आयोजित चीनको परराष्ट्रमन्त्रालयकको नियमित पत्रकार सम्मेलनमा पत्रकारले नेपालको पोखरा अन्तर्राष्ट्रिय विमान स्थलको निर्माण गर्ने चिनियाँ कम्पनीलाई जाँच गर्न घोषणा गरेको छ भन्ने बारेमा प्रश्न गर्दै नेपालले ऋण सर्त परिवर्तन गर्न चीनलाई आग्रह गरेको भन्दै उक्त कार्यक्रम वेल्ट एन्ड रोड कार्यक्रममध्येको एक रहेकाले त्यसबारे चीनको केकस्तो टिपण्णी छ भनी सोधेका छन्।


प्रवक्ता माउ निङले आफूसँग नेपालको आन्तरिक जाँचको अवस्थाबारे थाहा नभएको तर त्यो स्थिति र वास्तविकतासँग नमिलेको भन्दै चीन सरकारले विदेशमा कानुन र नियमको अनुपालनमा काम गर्न चिनियाँ व्यवसायलाई आग्रह गरिरहेको बताउनुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन र नेपालबीच पूर्वाधार क्षेत्रमा गरिएका महत्वपूर्ण सहयोग कार्यक्रम मध्येको एक हो र राष्ट्रिय गौरव परियोजनको रूपमा भनिएको पनि प्रवक्ता माउ निङले बताउनुभयो।


माउ निङका अनुसार, चिनियाँ व्यवसायले परियोजना डिजाइन र निर्माण प्रक्रियाका क्रममा स्थानीय वास्तविक अवस्थालाई पूर्ण रूपमा विचार गरी कडाईका साथ गुणस्तर मापदण्ड लागु गर्नुका साथै पूरा अभिलेख राखेको जानकारी दिनुभयो। विमानस्थल संचालनमा ल्याइएपछि विभिन्न सुविधाहरू सामान्य रूपमा सञ्चालनमा छन् र नेपालको आन्तरिक र अन्य देशसँगको हवाई यातायात सुधार गर्न सक्रिय भूमिका निर्वाह गरेको छ।