चाइना मिडिया ग्रुपले चीन-अमेरिकीका नेताहरुबीचको बैठक र एपेक बैठकको व्यापक प्रसारण गर्ने
2023-11-14 16:20:03cri
Share with:


नोभेम्बर १४ देखि १७ तारिखसम्म अमेरिकी राष्ट्रपति बाइडेनको निमन्त्रणामा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सान फ्रान्सिस्कोमा अमेरिका राष्ट्रपतिसँगको बैठकमा सहभागी हुनुका साथै ३०औँ एपेक नेता स्तरीय अनौपचारिक बैठकमा भाग लिनुहुने छ। हाल चाइना मिडिया ग्रुपको अगाडि रिपोर्टिङ सेन्टर खोलिएको छ। चाइना मिडिया ग्रुपका बेइजिङ मुख्यालय, उत्तर अमेरिकाको मुख्यालय, संयुक्त राष्ट्र संघको मुख्यालय र सीजीटीएन उत्तर अमेरिका शाखाका १८० भन्दा बढी पत्रकारहरू स्थानीय रूपमा आइपुगेका छन् र विभिन्न रिपोर्टिङ कार्य पूर्ण रूपमा सुरु गरिएको छ।

साथै चाइना मिडिया ग्रुपले अमेरिकामा "सांस्कृतिक आदानप्रदानमा चीन-अमेरिका मैत्री आदानप्रदान" जस्ता धेरै चीन-अमेरिका मैत्री गैर-सरकारी आदानप्रदान गतिविधिहरू आयोजना गर्ने छ। सीजीटीएन होस्ट थियान वईलाई एपेकको सीइओ शिखर सम्मेलनको उद्घाटन मुख्य फोरमको आयोजना गर्न आमन्त्रित गरिने छ, जहाँ उहाँले हेवीवेट पाहुनाहरूसँग वार्तालापमार्फत आपसी विश्वासलाई गहिरो बनाउने र सहमतिलाई बढावा दिनुहुनेछ। सीजीटीएन होस्ट लिउ चिनले "क्यालिफोर्निया वाकिङ" कार्यक्रममा अमेरिकी मानिसहरूको अन्तर्वार्ता लिँदै क्यालिफोर्नियालाई एक अद्वितीय परिप्रेक्ष्यबाट अवलोकन गर्नुहुनेछ।