#अल्पसंख्यक जाति# अन्तर्राष्ट्रिय सम्वाददातासँग सिन्च्याङको ग्रामीण क्षेत्रको घुमघाम-२
2023-11-14 08:54:35CRI
Share with:

हालै भियत्नाम समाचार समिति, केन्या राष्ट्रिय रेडियो कम्पनी, अफ्गानिस्तान एसटीआर न्यूज टेलिभिजन स्टेशन, लाओस स्टार टिभीलगायतका सञ्चार माध्यमका प्रतिनिधिहरू सिन्च्याङमा गएर नयाँ युगको सिन्च्याङको ग्रामीण क्षेत्रको विकास तथा परिवर्तनको अवलोकन तथा रेकर्ड गरेका छन्। दश दिने यात्रामा विदेशी सम्वाददाताहरूले गाउँलेको घर, खेत, ग्रामीण कारखाना, इ-वाणिज्य प्रत्यक्ष प्रसारण कोठा आदि क्षेत्र गएर सिन्च्याङको ग्रामीण पुनरुत्थानका कदम तथा उपलब्धिको अनुभव गरेका छन्। सिन्च्याङको ग्रामीण क्षेत्र, किसानको जीवनबारे अझै गहिरो जानकारी पाइएको तथा सिन्च्याङमा देखिएको दृश्य केही पश्चिमा सञ्चार माध्यमका जानकारीभन्दा पूर्ण रूपमा फरक पाइएको उनीहरूले व्यक्त गरेका छन्। 

सिन्च्याङ युगुर स्वायत्त प्रदेशको यीली कजाख स्वायत्त प्रिफेक्चर यीनिङ शहरीय तुङल्याङ गाउँमा अफ्गानिस्तानी एसटीआर टीभीका सम्वाददाताले बार्बीक्यू हाउस, आइसक्रिम वर्कशप र खाजा कारखानामा स्थानीय गाउँलेहरूसँग काम गर्नुभयो। 

अफगानिस्तानी सम्वाददाता अहसानूल्लाह कारिमीले यसरी मूल्याङ्कन गर्नुभयो-

“चीन, विशेष गरी सिन्च्याङबारे केही पश्चिमा सञ्चार माध्यमको जानकारीभन्दा धेरै फरक पाएँ र मैले सिन्च्याङमा देखेको जीवन व्यवस्थित र सुविधाजनक छ। यहाँ अफ्गानिस्तानमाजस्तै मीठो खाना र सुन्दर भवनहरू छन्। स्थानीय बासिन्दा अफ्गानिस्तानीहरूजस्तै ज्यादै मैत्रीपूर्ण छन्। ग्रामीण क्षेत्रमा गाउँलेहरूले शान्त जीवनको आनन्द प्राप्त गरेका छन्। ” 

आखसु क्षेत्रीय वनसु जिल्लाको मुबन वस्तीमा लाओस स्टार टीभीको कार्यकारी मण्डलले स्थानीय विविध जातीय बासिन्दासँग वृक्षारोपन गरी वायुको प्रतिरक्षा र पालुवाको व्यवस्थापन गर्ने उपलब्धिबारे अन्तर्वार्ता लिएका छन्। उनीहरूले स्थानीय पर्यावरणीय सभ्यताको निर्माणको ज्यादै प्रशंसा गरेका छन्। सञ्चालिका भियन्गभान्ह इन्थाभोङले यसरी भन्नुभयो- 

 “मैले थाहा पाएँ कि गत शताब्दीको ८०औँ दशकमा आखसु क्षेत्रमा बसोबास गर्ने बासिन्दाले वर्षभरि करिब १०० दिनसम्म पहेँलो बालुवाको आँधी अवस्थामा बिताउँदथे। ३० वर्षभन्दा बढीको प्रयासमा हाल यहाँ बालुवाको आँधीको समय लगभग ३० दिनमा घटेको छ। साथै आखसुका बासिन्दाले मरूभूमिमा हजारौँहजार हेक्टर जमिनमा फलफूल खेतीको स्थापना गरेका छन्। जसले किसानको आम्दानी धेरै बढाएको छ। पर्यावरणीय स्वच्छ पानी तथा हरियो पहाड सुन र चाँदी बनेका छन्। ”

सिन्च्याङका विविध गाउँमा विविध देशका सम्वाददाताले क्यामेरामार्फत् सिन्च्याङको वास्तविक अवस्था रेकर्ड गरेका छन्। सिन्च्याङमा विविध जातीय जानता एकताबद्ध भएर गरिबीबाट मुक्त हुन र जन्मथलोको उत्थान गर्न के के प्रयास गरेका छन्? नेपाली साथीहरू, तपाईँलाई सिन्च्याङको अवलोकन तथा अनुभव गर्न स्वागत छ।