चीन-अमेरिका सम्बन्ध पुनः स्वस्थ र स्थिर ट्रयाकमा ल्याइने परराष्ट्र प्रवक्ता माओ निङको विश्वास
2023-11-14 10:35:34cri
Share with:

नोभेम्बर १३ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा फिफस् डेलीका पत्रकारले चीन-अमेरिका राष्ट्रनायक भेटवार्ताबारे प्रश्न गरेका छन्।

अमेरिकी ह्वाइट हाउसअन्तर्गत राष्ट्रिय सुरक्षा समितिका एक अधिकारीले १० तारिख यस पटकको भेटघाटको लक्ष्य मतभेदलाई नियन्त्रण गर्ने, द्वन्दको प्रतिरोध गर्ने, आदानप्रदानका च्यानलहरू सुचारू गर्ने, आपसी अभिरूचीका विषयबारे चीनसँग छलफल गर्ने जानकारी दिएका थिए।

थाइवान स्वतन्त्रताशक्तिलाई अमेरिकाले समर्थन नदिने, थाइवान जलडमरूमा दिन प्रतिदिन बढिरहेको सैन्य गतिविधिको चीनले विरोध गर्ने, प्यालेस्टाइन र इजरायलबीचको द्वन्दमा मध्यपूर्वी क्षेत्रलाई शान्त तुल्याउन चीनले इरानलाई सम्झाउनसक्ने आशा अमेरिकाले गरेको पनि ती अधिकारीले बताए।

जवाफमा चिनियाँ परराष्ट्र प्रवक्ता माओ निङले चीन र अमेरिकाका राष्ट्रनायकले आपसी महत्वपूर्ण मामिला तथा विश्व शान्ति र विकाससम्बन्धी महत्वपूर्ण समस्याबारे वैचारिक आदानप्रदान गर्ने जानकारी दिनुभयो।