चिनियाँ राष्ट्राध्यक्ष सी अमेरिकातिर प्रस्थान
2023-11-14 19:56:03cri
Share with:

नभेम्बर १४ तारिख बेलुकी चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानद्वारा पैचिङबाट अमेरिकातिर प्रस्थान गर्नुभएको छ। अमेरिकी राष्ट्रपति जोन बाइडेनको निमन्त्रणामा राष्ट्राध्यक्ष सीले सानफ्रान्सिसकोमा आयोजना हुने चीन-अमेरिका राष्ट्रनायक बीचको वार्तामा भाग लिनुका साथै एशिया-प्रशान्त क्षेत्रको आर्थिक सहयोग संगठनको तेह्रौं नेतागणको अनौपचारिक सम्मेलनमा भाग लिनको लागि राष्ट्राध्यक्ष सीले अमेरिकातिर जानुभएको हो।