#ChinaMediaGroupCMG चाइना मिडिया ग्रुप तथा इन्डोनेशिया नुसान्तारा टी भी स्टेशनको सहकार्यमा हेलो चाइना कार्यक्रमको प्रसारण शुरू
2023-11-14 18:50:12cri
Share with:

नोभेम्बर १४ तारिख चाइना मिडिया ग्रुप तथा इन्डोनेशियाको नुसान्तारा टीभी स्टेशनको संयुक्त प्रयासमा नयाँ टीभी कार्यक्रम हेलो चाइनाको प्रसारण औपचारिक रूपमा शुरू भएको छ। चाइना मिडिया ग्रुपका उप निर्देशक हु चिनच्युन तथा इन्डोनेशियाको नुसान्तारा टीभी स्टेशनका निर्देशक नुर्दिन ताम्पुबोलुनले उक्त प्रसारण शुभारम्भ समारोहलाई सम्बोधन गर्नुभएको छ।

 

उक्त कार्यक्रममा यथेष्ठ विषय समेटिने समाचार, विशेष कार्यक्रमहरूमार्फत् इन्डोनेशियन दर्शकहरूले आधुनिक चीनको जीवन्त शक्ति तथा प्राचीन चीनको सभ्यताको उत्तराधिकारको अनुभव गर्दै नयाँ युगमा चीनको भावना बुझ्न सहयोगी हुने आशा लिइएको छ।

 

इन्डोनेशियाको नुसान्तारा टीभी, चाइना मिडिया ग्रुप एशिया अफ्रिकाका भाषा कार्यक्रम केन्द्र लगायतका विविध विभागका जिम्मेवार व्यक्तिहरूले उक्त समारोहमा भाग लिएका छन्।