“शान्तिपूर्ण मित्र २०२३” शीर्षक बहुमुलुक सम्मिलित संयुक्त अभ्यास सुरू
2023-11-14 14:55:22CRI
Share with:

“शान्तिपूर्ण मित्र २०२३” शीर्षक बहुमुलुक सम्मिलित संयुक्त अभ्यास १३ तारिखदेखि चिनियाँ क्वाङ तुङ प्रान्तीय चानच्याङ शहरमा सुरू भएको छ। चीन, कम्बोडिया, लाओस, मलेशिया, थाइल्याण्ड, भियत्नामलगायत ६ देशका सेना अभ्यासको उद्घाटन समारोहमा सहभागी भएका छन्। 

करिब ३ हजार जना सैनिकले उक्त बहुमुलुक सम्मिलित संयुक्त अभ्यासमा भाग लिने जनाइएको छ। यो अभ्यास २२ तारिखसम्म जारी रहनेछ। सो अवसरमा खेलकुद प्रतियोगिता, साहित्यिक कार्यक्रम, डेक भोजन लगायत विविध साँस्कृतिक र खेलकुद गतिविधि आदानप्रदान गर्ने कार्यक्रम छ।