सन् २०२२ चीनको कुल आयात र निर्यात मात्रामा चीन र एपेक सदस्य मुलुकबीचको मात्रा ५९.७ प्रतिशत
2023-11-15 15:58:02cri
Share with:

चीनको वाणिज्य मन्त्रालयका अनुसार हालैका वर्षहरूमा चीन र अरू २० एपेक अर्थव्यवस्थाहरूबीचको आर्थिक तथा व्यापारिक सहयोग अझै गहिरो हुँदै गएको छ। एसिया प्रशान्त अर्थतन्त्रको निर्माणमा चीनले आफ्नो बललाई निरन्तरता दिइरहेको छ।


सन् २०२२ मा चीन र एपेक सदस्यहरूबीचको आयात र निर्यात मात्रा ३७ खरब ३९ अरब ८ करोड अमेरिकी डलर पुगेको छ, जस्ले चीनको कुल आयात र निर्यात मात्रामा ५९.७ प्रतिशत ओगटेको छ। चीनको शीर्ष १० वटा व्यापार साझेदारहरूमा एपेक सदस्यहरूको संख्या ८ पुगेको छ र १३ एपेक अर्थव्यवस्थाहरूका सबैभन्दा ठूला व्यापारिक साझेदारमध्ये चीन पनि एउटा हो।


एपेक अर्थव्यवस्थाहरू चीनका महत्वपूर्ण लगानी साझेदारहरू हुन्। सन् २०२२ मा एपेक अर्थव्यवस्थाहरूद्वारा चीनमा गरिएको लगानी ८६.६ प्रतिशत पुगेको छ। चीनमा विदेशीबाट लगानीको शीर्ष दश श्रोतहरूमध्ये एपेक सदस्यहरूको संख्या ५ वटा छ।


चीनको वैदेशिक लगानीको ७३.३ प्रतिशत एपेक अर्थव्यवस्थाहरूतिर गएको छ र चीनको शीर्ष दश प्रत्यक्ष बाह्य लगानी गन्तव्यहरूमा एपेक सदस्यहरूको संख्या ५ छ।


चीनले अघि सारेको बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग र एपेकले अघि बढाएको कनेक्टिभिटीको अवधारणा एकदमै मिल्दोजुल्दो छ र यसले क्षेत्रीय आर्थिक विकासका लागि सकारात्मक भूमिका खेलेको छ।