अक्टोबरमा, चीनको आर्थिक सञ्चालन स्थिर
2023-11-15 14:46:53CRI
Share with:

नोभेम्बर १५ तारिख चीनको राज्य परिषद्को सूचना कार्यालयका प्रवक्ता एवम् राष्ट्रिय तथ्याङ्क विभागका निर्देशक अर्थशास्त्री लिउ आइह्वाले सन् २०२३ को अक्टोबरमा चीनको अर्थतन्त्रको सञ्चालन अवस्थाबारे जानकारी दिनुभएको छ।

गत अक्टोबरमा, चीनका विभिन्न क्षेत्रहरू र विभागहरूले उच्च गुणस्तरीय विकासलाई बढाउनुका साथै समष्टिगत आर्थिक नियन्त्रणका नीतिहरू प्रभावकारी रूपमा चलाइरहेका छन्। उत्पादन र आपूर्ति स्थिर रूपमा बढ्दै बजारको मागमा सुधार आएको छ। यसका साथै रोजगारी तथा मालसामानको मूल्य समष्टिगत रूपमा स्थिर भएको छ। राष्ट्रिय अर्थव्यवस्था निरन्तर रूपमा सुधार भइरहेको छ।

गत अक्टोबरमा, निर्दिष्ट आकारभन्दा माथिका औद्योगिक उद्यमहरूको थप मूल्य वार्षिक रूपमा ४.६ प्रतिशतले वृद्धि भएको छ जुन गत जुलाई महिनाको तुलनामा ०.१ प्रतिशतले वृद्धि भएको छ। साथै राष्ट्रिय सेवारत उद्योगको उत्पादन सूचकांक गत वर्षको सोही अवधिको तुलनामा ७.७ प्रतिशतले वृद्धि भएको छ।

अक्टोबरमा, राष्ट्रिय उपभोक्ता मूल्य सूचकांक (सीपीआई) गत वर्षको सोही अवधिको तुलनामा ०.२ प्रतिशतले घटेको छ।

समग्रमा, गत अक्टोबरमा, चीनको राष्ट्रिय अर्थव्यवस्था सुधार भइरहेको छ। मुख्य सूचकहरू पनि सुधार भएका छन् र आर्थिक सञ्चालन अवस्था समष्टिगत रूपमा स्थिर भएको छ। तथापि, बाह्य विश्वमा अझै पनि धेरै अनिश्चितताहरू छन् र आन्तरिक माग अझै पनि अपर्याप्त छ। यसै कारणले आर्थिक पुनरुत्थानको आधार अझै पनि बलियो बनाउन आवश्यक छ।