विशाल प्रशान्त पार भएर राष्ट्राध्यक्ष सी चिनफिङ सान फ्रान्सिस्कोमा
2023-11-15 16:38:58CRI
Share with:

नोभेम्बर १४ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानद्वारा अमेरिकाको सानफ्रान्सिस्को पुग्नु भएको छ।  राष्ट्राध्यक्ष सी चिनफिङको विशेष विमान सान फ्रान्सिस्को विमानस्थलमा अवतरण गर्दा अमेरिकी वित्तमन्त्री जानेट एल येलेन, क्यालिफोर्निया राज्यका प्रमुख गाभिन न्युसम लगायत अमेरिकी प्रतिनिधिहरूले हार्दिक स्वागत गर्नुभएको थियो।

 

एशिया तथा प्रशान्तको लागि वा चीन-अमेरिका सम्बन्धको विकासका लागि राष्ट्राध्यक्ष सी चिनफिङको यो भ्रमणले विशेष तथा महत्वपूर्ण अर्थ बोकेको छ र अरू बढी संभावना पनि रहेको अर्थ लागेको छ। चीन-अमेरिका सम्बन्धको राम्रोसँग विकास गर्न विभिन्न पक्षका शक्ति एकै ठाउँमा ल्याउनुपर्छ साथै शिखर कुटनीतिलाई "कम्पास" र "फिक्सिङ स्टार" का रूपमा राख्न पनि आवश्यक छ।