सी चिनफिङद्वारा अमेरिकी मैत्रीपूर्ण दलको संयुक्त स्वागत भोजलाई सम्बोधन
2023-11-16 17:24:37cri
Share with:

नोभेम्बर १५ तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी अमेरिकी मैत्रीपूर्ण दलको संयुक्त स्वागत भोजमा भाग लिएर सम्बोधन गर्नुभएको छ।

उहाँले आपसी सम्मान मानव मानवबीच आधारभूत शिष्टाचार हुँदै चीन अमेरिका सहअस्तित्वको आधारभूत मापदण्ड रहेको बताउनुभयो। अमेरिकासँग इतिहास सँस्कृति र भौगोलिकता भएर यसबाट आफ्नै विकासको बाटो र सामाजिक नियम रहेकोले सम्पूर्ण रूपमा चीनले पनि सम्मान गरेको सीको भनाइ छ।

चिनियाँ विशेषतायुक्त समाजवादी बाटो वैज्ञानिक समाजवादी सिद्धान्तको निर्देशनमा विकसित हुनुका साथै ५ हजार वर्षदेखि लगातार चलिरहेको चिनियाँ जातिको सभ्यताबाट निःसृत रहेकाले चीनले पनि गौरब गर्ने राष्ट्राध्यक्ष सीले बताउनुभयो। दुई मुलुकको बाटो फरक भए तापनि जनताको छनौट मानव जातिको साझा मूल्यमान्यता  भएकोले सम्मान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

उहाँका अनुसार शान्तिपूर्ण सहअस्तित्व अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत दिशान्र्देश हो र चीन तथा अमेरिकाले पालना गर्नुपर्ने बटम लाइन हो। शान्तिपूर्ण विकासमा अडिग लागिरहेको चीनलाई धम्की दिनु तथा तिम्रो हार र मेरो जित भन्ने शून्य योगफल खेल लेख्नु गलत कार्य रहेको कुरामा उहाँले जोड दिनुभयो।

सी चिनफिङले चीन र अमेरिकाको सम्बन्धको इच्छा जनतामा निहित रहेको भन्दै आधार चाहिँ जनतामा, भविष्य युवयुवतीमा र जीवन्त शक्ति क्षेत्रहरूमा रहेको कुरा व्यक्त गर्नुका साथै अमेरिकी राज्यका गभर्नर र सांसदलाई चीनको भ्रमण गर्न र अमेरिकाको विभिन्न क्षेत्रका व्यक्तिलाई चीन जान स्वागत गर्नुभयो।

राष्ट्रपति जो बाइडेनसँग महत्वपूर्ण सहमति जनाएर दुई मुलुकले मानवीय र सांस्कृतिक आदानप्रदान सबल पार्न अझ बढी कदम चाल्ने राष्ट्राध्यक्ष सीले जानकारी दिनुभयो।

यी कदमबाट मुख्यतः चीन अमेरिकाबीचको उडान बढ्ने चीन अमेरिका पर्यटन सम्बन्धी उच्चस्तरीय वार्ताको आयोजना गरिने र भिसा आवेदन प्रकृयालाई सुधार गर्ने आदि समावेश छन्। दुई मुलुकका जनताले अझ बढी आदानप्रदान गरी नयाँ युगमा मैत्रीपूर्ण कथा लेख्ने अपेक्षा लिएको उहाँले बताउनुभयो।

चीन र अमेरिका यी दुबै मुलुकका जनता खासगरी युवायुवती र किशोरकिशोरी पुस्ताको आदान प्रदानलाई विस्तार गर्नका लागि चीनले आगामी ५ वर्षमा ५० हजार अमेरिकीलाई गीन आमन्त्रण गर्ने घोषणा पनि सीच निफिङले गर्नुभयो।