वल्लो शान्सी प्रान्तको कोइला खानीमा रहेको कार्यालय भवनमा भएको आगलागीबारे चिनियाँ राष्ट्राध्यक्षको महत्त्वपूर्ण निर्देशन
2023-11-16 18:27:29cri
Share with:

नोभेम्बर १६ तारिख ७ बजेतिर वल्लो शान्सी प्रान्तको लुलियाङ शहरको योङजु कोइला खानीमा रहेको एक कार्यालय भवनमा आगलागी भएको छ जसबाट हालसम्म २६ जनाको मृत्यु हुनुका साथै ३८ जना घाइते भएका छन् । विदेश भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले तुरुन्तै महत्त्वपूर्ण निर्देशनहरू दिनुभयो। उहाँका अनिसार आगोले ठूलो मानवीय क्षति गरेको छ र मृतक तथा घाइतेको परिवारलाई सान्त्वना दिन राम्रो काम गर्नुपर्छ। यस दुर्घटनाको कारणहरूलाई तुरुन्तै पत्ता लगाउन र जिम्मेवार व्यक्तिहरूलाई कडाइका साथ अनुसन्धान गर्न आवश्यक छ। सबै क्षेत्र र सम्बन्धित विभागहरूले यस आगलागीबाट पाठ सिक्नुपर्छ र मानिसहरूको जीवन र सम्पत्तिको सुरक्षा तथा समग्र सामाजिक स्थिरतालाई प्रभावकारी रूपमा सुरक्षित गर्नुपर्दछ।