सी चिनफिङ र अमेरिकाका राष्ट्रपति बाइडेनबीच चीन-अमेरिका राष्ट्रनायक वार्ताको आयोजना
2023-11-16 07:44:23cri
Share with:

स्थानीय समय अनुसार नोभेम्बर १५ तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकाको सान-फ्रान्सिस्कोस्थित फिलोली गार्डेनमा अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग चीन-अमेरिका राष्ट्रनायक वार्ता गर्नुभयो। दुई मुलुकका राष्ट्रनायकबीच चीन-अमेरिका सम्बन्धबारेको रणनैतिक दृष्टिकोण, विश्व शान्ति तथा विकासबारेको महत्वपूर्ण विषयबारे सदिच्छापूर्वक गहन वैचारिक आदानप्रदान भएको छ। 

सी चिनफिङका अनुसार ठूला मुलुकबीचको प्रतिस्पर्धाले चीन-अमेरिका दु मुलुक तथा विश्वासामु देखा परेका समस्याको समाधान गर्न सक्दैन। चीन र अमेरिकाबीचका आ-आफ्ना सफलता नै पारस्परिक अवसर हुन्। 

चिनियाँ शैलीको आधुनिकीकरणको विशेषता तथा यसमा मजुद गहिरो अर्थ र चीनको विकास भविष्य तथा रणतैनिक लक्ष्यबारे सीले जानकारी दिनुभयो। अमेरिकाला प्रतिष्थापन गर्ने चीनको कुनै योजना छैन, त्यसैले चीनला दबाव दिने तथा चीनको प्रतिरोध गर्ने सोचाइ अमेरिकाले बोकिरहनुपर्दैन, सीले भन्नुभयो। 

राष्ट्राध्यक्ष सीले आपसी सम्मान, शान्तिपूर्ण सह अस्तित्व, साझा विजयको विचारधारा नै ५० वर्ष लामो चीन-अमेरिका आदानप्रदानको इतिहासमा हासिल गरिएको अनुभव हुनुका साथै टकरावबाट प्राप्त ज्ञान भएको उहाँले बताउनुभयो। 

राष्ट्राध्यक्ष सीले ५ बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छ। पहिलो, संयुक्त उचित सहमति कायम गर्नुपर्छ। दोस्रो, संयुक्त रूपमा मतभेदलाई नियन्त्रण गर्नुपर्छ। तेस्रो, संयुक्त रूपमा आपसी हितयुक्त सहयोगलाई अगाडि बढाउनुपर्छ। चौथो, संयुक्त रूपमा ठूलो मुलुकको जिम्मेवारी वहन गर्नुपर्छ। पाँचौँ, संयुक्त रूपमा मानवीय सांस्कृतिक आदानप्रदानलाई अघि बढाउनुपर्छ। 

यस्का साथै राष्ट्राध्यक्ष सीले थाइवान समस्यामा चीनको अडानको व्याख्या गर्नुभएको छ। अमेरिकाले थाइवानलाई हतियार दिन नहुने र चीनको शान्तिपूर्ण एकीकरणको समर्थन दिनुपर्ने सीले बताउनुभयो। चीनले थाइवानलाई एकीकृत गरेरै छाड्ने दृढता पनि उहाँले प्रकट गर्नुभयो। 

निर्यात नियन्त्रण गर्ने, लगानीमाथि छानबीन गर्ने, एकपक्षीय नाकाबन्दी लगाउने जस्ता अमेरिकी गतिविधिले चीनको वैध हितमा क्षति पुर्याएको राष्ट्राध्यक्ष सीले औँल्याउनुभयो। 

चीनको प्राविधि विकासला रोक्नु चीनको उच्च गुणस्तरीय विकासला रोक्ने र चिनियाँला विकास अधिकारबाट बञ्चित गर्ने बाहेक अरू केही नभएको भन्दै सीले फ्नै अन्तर्शक्तिले प्रेरित चीनको विकासला बाह्य शक्तिले रोक्न नसक्ने बताउनुभयो। 

दुई मुलुकका राष्ट्रनायकबीच बाली द्वीपको भेटघाटपछि  प्राप्त सहमतिला स्वीकार गरेर आपसी सम्मान, निरन्तर आदानप्रदान, विवादको व्यवस्थापन र संयुक्त राष्ट्र संघको बडापत्रको पालना गर्ने सिद्धान्तमा जोड दिएर साझा हितका क्षेत्रमा सहयोग बढाउने विषयमा दुवै मुलुकका नेताहरू एकमत भएका छन्।

दुई देशका राष्ट्रनाकयले चीन र अमेरिकाका विभिन्न क्षेत्रमा रहेको संवाद तथा सहयोगलाई अघि बढाउने कुरामा सहमति जनाउँदै ए.आईको विषयमा सरकार सरकारबीचको संवाद, लागू षध निषेध सम्बन्धी सहयोगात्मक कार्य टोलीको गठन, समानता तथा सम्मानको आधारमा उच्चस्तरीय सैन्य सम्पर्क, चीन-अमेरिका रक्षा मन्त्रालयबीचको सहकार्य वार्ता र समुद्री सैन्य सुरक्षा सम्बन्धी चीन र अमेरिकाबीचको छलफलको पुन:स्थापना, दुई देशका सेनाको युद्ध क्षेत्रका नेताबीचको संवाद, आगामी वर्ष पसी हवा उडानमा विस्तारका साथै शैक्षिक, युवा तथा विद्यार्थी, सांस्कृतिक तथा खेलकुद, उद्योग तथा वाणिज्य क्षेत्रबीचको आदान-प्रदानको विस्तार गर्ने लगायत विषयमा पनि मतैक्यता जनाएका छन्। 

अब उपरान्त निर्णायक १० वर्षमा जलवायु संकटको सामना गर्नका लागि चीन र अमेरिकाले सक्रियताका साथ कोशिस गर्नुपर्ने कुरामा नेता द्वय सहमतिमा पुगेका छन्। जलवायु सम्बन्धी दुई देशका विशेष दूतले गरेको छलफलको स्वागत गर्दै संयुक्त राष्ट्र संघको दुबई सम्मेलन कोप २८को सफल आयोजनाका लागि कोशिस, छिट्टै जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम आयोजना गर्नका लागि चीन-अमेरिका २१ औँ शताव्दीको २० औँ दशकमा जलवायु सम्बन्धी कार्य टोलीको गठन गर्ने लगायतका विषयमा पनि दुवै देशका शीर्ष नेताहरू सहमत भएका छन्।