सान फ्रान्सिस्को वार्ता चीन-अमेरिका सम्बन्ध इतिहासको कोसे ढुङ्गा
2023-11-16 16:39:23cri
Share with:

नोभेम्बर १६ तारिख पैचिङमा आयोजित चीनको परराष्ट्रमन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता माउ निङले पत्रकारसँग कुराकानी गर्नुभएको छ। सम्मेलनमा सीएमजीको पत्रकारको प्रश्न छ कि राष्ट्राध्यक्ष सी चिनफिङले सान फ्रान्सिस्कोमा अमेरिका राष्ट्रपति जो बाइडेनसँग वार्ता गर्नुभएबाट अन्तर्राष्ट्रिय समूहको उच्च ध्यान तानिएको छ भने वार्ताको अवस्था र उपलब्धिबारे अरू के जानकारी प्राप्त गर्न सकिएला।

 

प्रवक्ता माउ निङले स्थानीय समयअनुसार नोभेम्बर १५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सान फ्रान्सिस्कोमा अमेरिका राष्ट्रपति जो बाइडेनसँग वार्ता गर्नुभएर गहन रूपमा वैचारिक आदान-प्रदान गर्नुभएको भन्दै दुई नेताले चीन र अमेरिकाबीचको सही अस्तित्व उपायबारे छलफल गरी चीन-अमेरिका साझा जिम्मेवारी र भविष्य उन्मुख सान फ्रान्सिस्को आउटलुकको निश्चित गरेर चीन-अमेरिका सम्बन्धको स्वस्थ, स्थिर र दिगो विकासका लागि प्रारूप प्रदान गरेको जानकारी दिनुभयो। यो सक्रिय, समग्र तथा रचनात्मक वार्ताको रणनीतिक अर्थ र गहिरो प्रभाव पर्छ जुन वर्तमान अन्तर्राष्ट्रिय सम्बन्धका ठूलो गतिबिधि हो साथै चीन-अमेरिका सम्बन्ध इतिहासको कोसे ढुङ्गा पनि हो भन्ने कुरा प्रवक्ता माउ निङले व्यक्त गर्नुभयो।