राष्ट्राध्यक्ष सी र राष्ट्रपति बाइडेनबीच भेटघाट शुरू
2023-11-16 03:39:47CRI
Share with:

स्थानीय समय नोभेम्बर १५ तारिख अपरान्ह अमेरिकाको सानफ्रान्सिस्कोमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच औपचारिक भेटघाट शुरू भएको छ।

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले विश्वमा सबभन्दा महत्वपूर्ण द्वीपक्षीय सम्बन्धको रूपमा रही चीन-अमेरिका सम्बन्धलाई विश्वमा सय वर्षको ठूलो परिवर्तन भन्ने मुख्य पृष्ठभूमिमा सोच-विचार गर्नुका साथै दुई देशका जनताका लागि अझ बढी हितकल्याण सिर्जना गर्दै मानव जातिको प्रगतिका लागि कार्यभार बहन गर्नुपर्ने कुरा औँल्याउनुभएको छ।

उक्त भेटघाटमार्फत चीन-अमेरिका सम्बन्धको रणनीति, समष्टिगत स्वरूप र दिशात्मक विषय तथा विश्व शान्ति र विकाससँग सम्बन्धित रहेका महत्वपूर्ण समस्याहरूबारे गहन रूपमा वैचारिक आदान प्रदान गर्नुका साथै नयाँ मतैक्य प्राप्त गर्नसक्ने आशा पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।