बेइजिङमा म्हःपूजा
2023-11-16 15:39:22CRI
Share with:

पाँच हजार वर्षको इतिहास बोकेको चीन संस्कृतिको धनी देश हो। यहाँ प्राचीनकालदेखि मनाउँदै आएका धेरै चलनचल्तीहरू अझै जीवित छन्। यस बाहेक विशाल चीन र चिनियाँ सहरहरू आजको विश्वमा संस्कृति आदानप्रदानको एउटा विशाल मञ्च पनि बनेका छन्। यस्तै, राजधानी सहर बेइजिङ पनि विश्वका कुनाकाप्चाबाट आएका मानिसहरूको कर्मथलो बनेको छ। जसबाट यहाँ बसेर पनि संसारका विभिन्न चाडपर्व र संस्कृतिहरू बुझ्न सकिन्छ। यसै गरी नेपाली समुदायको पनि बेइजिङमा उपस्थिति रहेको छ र विभिन्न नेपाली चाडपर्वको समयमा मनाउँदैआएका पनि छन्।

यसै बीच नेपालको नेवार समुदायको मौलिक पर्व म्हःपूजा पनि मनाइएको छ, जहाँ म पनि सरिक हुन पाएँ। म्ह पूजा चन्द्रमानक नेपाल सम्वत् अनुसारको नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व हो। यस पर्वमा आफूले आफैलाई पूजा गरी सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्ने गरिन्छ। म्ह भनेको नेपाल भाषामा शरीर हो र म्ह पूजा भन्नाले आफूले आफ्नो शरीरलाई पूजा गर्ने हो। यसबाहेक, यसै दिन नेवार समुदायको नयाँ वर्षको आरम्भ पनि हो।

संस्कृति, परम्परा राष्ट्रको पहिचान पनि हो। हिमाल र नदीद्वारा जोडिएको चीन र नेपाल बीचको सम्बन्ध जनस्तरमा अझै झाँगिदैजाओस्।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/