म र राष्ट्रपति बाइडेन चीन र अमेरिकाको सम्बन्धका हेम्जम्यान हौः सी चिनफिङ
2023-11-16 11:40:32CRI
Share with:

नोभेम्बर १५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी सान फ्रान्सिस्कोको फिलोली गार्डेन्समा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग चीन-अमेरिका राष्ट्रनायक वार्ता गर्नुभएको छ।

सीले आफू र राष्ट्रपति बाइडेन चीन र अमेरिकाको सम्बन्धका हेम्जम्यान भएको तथा दुईले जनता, विश्व, इतिहासप्रति भारी दायित्व वहन गरेको बताउनुभयो। सीले राष्ट्रपति बाइडेनसँग चीन र अमेरिकाको सम्बन्ध, विश्व शान्ति र विकाससित सम्बन्धित विषयहरुबारे वैचारिक आदान-प्रदान गरेको र नयाँ सहमति हासिल गरेको बताउनुभयो।

बाइडेनले दुई बीचको भेटघाट सधैँ नै सदिच्छपूर्ण र प्रभावकारी भएको र आदान-प्रदनमा महत्व दिएको बताउनुभयो।