चीन र अमेरिकाको सम्बन्धले दुई देशका जनतालाई फाइदा पुर्याउनुपर्छ
2023-11-16 11:32:09CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १५ तारिख सान फ्रान्सिस्कोअवस्थित फिलोली गार्डेन्समा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट-वार्ता गर्नुभएको छ। 

सो अवसरमा उहाँले व्यक्त गर्नुभयो, विश्वमा सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धको हैसियतमा चीन र अमेरिकाको सम्बन्धलाई विगतको शताब्दीमा विश्वमा तीव्र गतिमा भइरहेको परिवर्तनको पृष्ठभूमिमा विचार र योजना बनाइनुपर्छ। जसले दुई देशका जनतालाई फाइदा पुर्याउन र मानवजातिको प्रगतिमा जिम्मेवारी वहन गरेको देखाउन सकियोस्।